राप्रपाको मार्गदर्शक सिद्धान्त विपीको मेलमिलापको नीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विपीको मेलमिलापको नीतिलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाउने निर्णय गरेको छ । राप्रपाले पृथ्वी नारायण शाहको दिव्य उपदेश, राजा महेन्द्रको राष्ट्रवाद र वि.पि. कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गर्ने निर्णय गरेको हो ।
राप्रपाको शनिबारदेखि काठमाडौंमा बसेको केन्द्रिय समितिको वैठकले पार्टीलाई कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा जनतामाझ लैजाने संकल्प गरेको छ । राप्रपाले तेस्रो शक्तिको रुपमा पार्टीलाई विकास गर्नेगरि समान विचार भएका पार्टीहरुसँग पनि पार्टी एकता तथा कार्यगत एकता गर्ने निर्णयसमेत गरेको छ ।
राप्रपाको केन्द्रिय समितिको वैठकले सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संघर्षमा जाने निर्णयसमेत निकालेको छ । सरकारले विभिन्न विधेयकमार्फत मुख्य संयन्त्रमा कब्जा जमाउन खोजेको राप्रपाको आशंका छ । राप्रपाले न्यायपालिकालाई समेत पार्टीकरण गर्न खोजिएको ठहर गरेको छ । अनुसन्धान र कारबाही गर्ने निकायहरुलाई प्रधानमन्त्री कार्यालय मार्फत केन्द्रिकरण गर्ने, राज्यको चौथो अंगको रुपमा रहेको आमसंचारलाई काउन्सिल विधेयक मार्फत नियन्त्रण लिने र मानव अधिकारलाई सरकारले पंगु बनाउन खोजेको ठहर राप्रपाकाे छ ।
सरकारले गुठी विधेयक फिर्ता लिएर राम्रो काम गरेको भन्दै राप्रपाले सदियौंदेखिको सनातन धर्म संस्कृतिमाथि हस्तक्षेप नगर्न आग्रह गरेको छ । धर्म परिवर्तन गराउने खेल भईरहेको ठहर गर्दै राप्रपाले देशमा धार्मिक युद्ध हुन नदिन सरकारसँग माग गरेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राप्रपा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्