Techie IT
बुधबार, माघ २३,२०८१

रसुवामा टाटासुमो दुर्घटना ,एकै परिवारको तीन जनाको मृत्यु


रसुवा स्थित मैलुङ(स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

कच्ची सडकमा रातको समयमा तिव्र गतिमा चलाएकाले अनियन्त्रित भएर गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रसुवाको आमा–छोदिङ्बो गाउँपालिका वडा नं ४ गोल्जुङका ३४ वर्षीया मेन्दो घले, ३२ वर्षीया साइली घले र २९ वर्षीय नुर्बु तामाङ रहेको रसुवाका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) भागेन्द्र ढकालले जानकारी दिए । 

गाडी सडकबाट करीब एकसय मिटर तल रहेको त्रिशूली नदी किनारमा पुगेकाले सम्पर्कबिहिन रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #टाटासुमो दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545