Techie IT
आईतबार, वैशाख ७,२०८२

रास्वपा प्रवेश पूर्व बैंकर अनिलकेशरी शाह


काठमाडौं असार ७ । पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् ।
उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् ।
रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
अहिले केन्द्रीय समिति र संसदीय बैठक जारी रहेको छ ।
त्यसपछि पत्रकार सम्मेलन हुने र दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापन कार्यक्रम रहेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : ## breakingn, #पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545