कांग्रेसमा देउवाविरूद्ध बोले ठाउँका ठाउँ कारबाही

१६ वैशाख, काठमाडाैँ । कांग्रेसमा सभापति शेरबहादुर देउवाविरूद्ध बोले ठाउँका ठाउँ अनुशासनको कारबाही हुने भएको छ । सभापति देउवाविरुद्ध सार्वजनिक रुपमा नेताहरु खनिने क्रम बढेपछि अनुशासन समिति त्यसमा लगाम लगाउने निर्णय गरेको हो । कांग्रेसको अनुशासन समितिले पार्टीका कार्यक्रममा पार्टीका जिम्मेवार नेता र पार्टीहित विपरीत बोल्न बन्देज लगाएको हो । आइतबार बसेको अनुशासन समितिको बैठकले जागरण अभियानका क्रममा पार्टीहित विपरीत नबोल्ने सर्कुलर जारी गरेको हो ।
पार्टीको १४औँ महाधिवेशन नजिकिदै जाँदा शीर्ष नेताहरुबीच नै आरोप प्रत्यारोप बढेको र पार्टीको संस्थागत हित विपरीत बोल्ने तथा गतिविधि गर्ने क्रम बढेपछि त्यस्ता गतिविधि नगर्न सचेत गराएको अनुशासन समितिका सदस्य धनराज गुरुङले बताएका छन । कांग्रेसले पहिलो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण वैशाख २५ गतेदेखि सुरु गर्दैछ। अभिायनका क्रममा ७७ वटै जिल्लामा कार्यक्रम तय भएको छ। अनुशासन समितिको निर्देशन कार्यान्वयन भए नभएको अनुमगन गर्न कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डिएलएलाई जिम्मा दिएको गुरूङले बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्