सिलिचोङ जोड्ने पुल र सडक निर्माण गर्ने जिम्मा गठबन्धन दलले लिन्छ – दिपक खड्का

ताम्कु (संखुवासभा) – संखुवासभामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार दीपक खड्काले जिल्लाको अरुणपारीको दुर्गम सिलिचोङ गाउँपालिका जोड्ने सडक र पुल निर्माण आफ्नो जिम्मेवारी भएको बताउनुभएको छ ।
सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा आयोजित गठबन्धन दलहरुको भेलालाई सम्बोधन गर्दै खड्काले सदरमुकाम खाँदबारीबाट नजिक रहेर पनि विकासमा पछाडि परेको सिलिचोङका बासिन्दाको कष्टबारे आफू पूर्ण जानकार रहेको बताउनुभयो । यो गाउँपालिका जोड्ने सडक र पुल निर्माण मेरो जिम्मा भयो, गर्ने इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भन्नेमा विश्वास गर्छु । म जे बोल्छु, गरेर देखाउँछु, उँहाले भन्नुभयो, झण्डै साढे २ वर्ष लाग्दो रहेछ पुल निर्माण सक्न । ढिलासुस्ती गर्ने ठेकेदारलाई पुच्छर निमोठ्न मात्र बाँकी छ । बजेट पुगेन भने बजेट ल्याउने काम मेरो हो । यो सडक निर्माण गर्ने काम यही गठबन्धनले गर्छ । यदि कहीं कतै गठबन्धन रहेन भने तपाईंको उम्मेदवार तपाईंहरुले विजय गराउँदै गर्दा म गर्छु । प्रदेशसभा उम्मेदवार राजेन्द्र कार्कीले पनि आफ्नो प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
पालिका अध्यक्ष र उपाध्यक्ष तथा वडामा पनि गठबन्धनकै जनप्रतिनिधि निर्वाचित भएको खड्काले उल्लेख गर्नुभयो । विगतमा खर्च हुन नसकेर बजेट फ्रिज भएको उल्लेख गर्दै उँहाले अब बजेट अपुग भएमा जुटाउने काम संघीय सांसदको भएकाले त्यो आफूले गर्ने बताउनुभयो । तर, जनप्रतिनिधिले जनताले प्रश्न गर्ने गरी काम गर्न नपाउने उँहाले बताउनुभयो । र, त्यसको निगरानी पनि आफूहरुले गर्ने बताउनुभयो ।
खाँदबारीबाट जम्मा ३४ किमी टाढाको सिलिचोङ जोड्ने अरुण नदीको पुल निर्माण र सडक स्तरोन्नती नहुँदा यो गाउँपालिकाका बासिन्दा कष्टकर जीवन बिताउन बाध्य छन् ।
अर्को प्रसंगमा सशस्त्र द्वन्द्वकालमा बन्द भएको सिलिचोङबाट मेरापिक चढ्न जाने रुट पुनः शुरु गराउने दायित्व पनि आफ्नो भएको उँहाले बताउनुभयो । र, त्यसका लागि पर्यटन क्षेत्रका व्यवसायीहरुसँग छलफल गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
क्याटेगोरी : निर्वाचन बिशेष, फोटो फिचर, ब्रेकिंग न्युज
ट्याग : #hot, #काँग्रेस, #गठबन्धन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्