Techie IT
आईतबार, वैशाख ७,२०८२

सरकारको विकल्प खोज्न हुँदैन– वरिष्ठ नेता नेपाल


नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारको विकल्प खोज्न नहुने बताएका छन ।

रिपोर्टर्स क्लबले उहाँको निवासमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा नेता नेपालले देश र जनतालाई विकास र समृद्धिमा लैजानका लागि सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताए ।

कम्युनिष्ट पार्टीको सरकार असफल भए सिङ्गो राष्ट्र नै असफल हुने बताउँदै मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकारले प्राथमिकिकरण गरेको र राज्यका निकायलाई गतिशील बनाएर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुको एकतामा निर्वाह गरेको भूमिकाले देशको राजनीतिक स्थिरताका लागि सकारात्मक प्रभाव पार्ने बताए । उहाँले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले राप्रपा परिवेशका सबै पार्टी हिन्दू राष्ट्र कायम गर्ने समझदारीका साथ एकीकरणको प्रयास भइरहेको बताए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सरकारको विकल्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545