Techie IT
सोमबार, वैशाख ८,२०८२

आज कुन क्षेत्रमा छ वर्षाको सम्भावना ?


काठमाडौं । हाल देशमा न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १, माधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545