चुनावी घोषणापत्रका लागि बालअधिकारका विषय समेट्न सुझाव

काठमाडौं । बालबालिकासँग सम्बन्धित विभिन्न सञ्जालले आशन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रमा बालबालिकासम्बन्धी विषयबारे आज नेकपा (एमाले) लाई सुझाव दिएको छ ।
एमाले केन्द्रीय कार्यालय, थापाथलीमा आज सो पार्टीका वरिष्ठ उपाध्यक्ष एवं घोषणापत्र तयारी समितिका संयोजक ईश्वर पोखरेललाई सो सुझाव दिइएको हो ।
सुझावपत्र हस्तान्तरण गर्दै अधिकारकर्मी डा. कृष्ण सुवेदीले गत निर्वाचनमा एमालेले समावेश गरेका अधिकांश विषय कार्यान्वयनको चरणमा गए पनि बालअधिकार, संरक्षण, बालबालिकामैत्री नीति र बजेट तथा बालमैत्री शासन प्रणालीको कार्यान्वयन हरेक स्थानीय तहमा हुनुपर्ने बताए ।
अधिकारकर्मी तारक धितालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि, नेपालको संविधानको मौलिक हकमा समावेश बालबालिकाका हक स्थानीय तहले कार्यान्वयन गर्दा उच्च प्राथमिकता दिनुपर्ने बताए ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले प्राप्त सुझावलाई ग्रहण गर्दै यस पटकको स्थानीय तहको निर्वाचनमा केन्द्रबाट नीतिगत घोषणापत्र र स्थानीय तहबाट ठोस प्रतिबद्धतापत्र जारी गरिने जनाए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्