Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रधानमन्त्रीले टीका कार्तिक ६ गतेसम्म लगाइदीने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधरणलाई बडादसैंको टीका लगाईदिएका छन् ।आफुले मान्यजनबाट टीका ग्रहण गरेसँगै सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । अपराह्न ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार सर्वसाधारणका लागि खु्ला गरिएको थियो ।

निर्धारित समय भन्दा केहि पछि टिका लगाउने कार्य सुरु हुँदा प्रधानमन्त्री निवासमा टीकाको लागि जम्मा भएका पार्टीका कार्यकर्ता र सर्वसाधारणको भिड केहि बेर थामीनसक्नु भएको थियो । टीकाको कार्यक्रम लामो हुँदा लाइन एकछिन अव्यवस्थित हुनुको साथै घन्टौं पालो कुर्नपरेको देखिन्थ्यो ।कति त धैर्य गरेर पर्खेका थिए भने कति टीका नलगाइ फर्कीएका थिए ।

यसैबीच भिडभाडका कारण प्रधानमन्त्रीको हातबाट टीका लगाउन नपाएकाहरुलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको सचिवालयले कार्तिक ३ गतेदेखि कार्तिक ६ गतेसम्म विहान ९ देखि ११ बजेसम्म प्रधानमन्त्रीको हातबाट दसैंको टिका ग्रहण गर्न सकिने जानकारी दिएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #प्रधानमन्त्रीले टीका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545