Techie IT
आईतबार, वैशाख ७,२०८२

वामदेवलाई काखा, नारायणकाजीलाई पाखा किन ?


वामदेव गौतमलाई सासद बनाउन काठमाण्डौं सात निर्वाचन क्षेत्रका सासद रामविर मानन्धरलाई राजीनामा दिलाएर चुनाव गर्ने तयारी भए पछि त्यसको चौतर्फी विरोध शुरु भएको छ ।

खास गरी सामाजिक सञ्जालमा विरोध स्पष्ट देख्न सकिन्छ ।
सत्तारुढ नेकपाका नेताहरुले वामदेवले शान्तिप्रकृयामा महत्वपूर्ण भूमिका खेलेको, पार्टी एकतामा भूमिका खेलेको जस्ता कारण देखाएर उनलाई सासद बनाउन डोल्पाबाट शुरु भएको प्रयास काठमाण्डौं आईपुगेर अवतरण गरेको छ ।
उनी बर्दियाबाट गत संघीय ससदको निर्वाचनमा पराजीत भएका थिए ।

वामदेव गौतमलाई सासद बनाउन मरिहत्ते गरेर लाग्ने दुई अध्यक्ष हुन् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ।
यदी वामदेवको भूमिका उच्च रहेकाले उनलाई सासद बनाईन्छ भने अर्का नेता नारायणकाजी श्रेष्ठको चर्चा किन छैन ?
तात्कालीन एमाले हुदा बामदेवले भूमिका खेलेका थिए भने तात्कालीन माओवादी भित्र नारायणकाजीको भूमिका के थियो ? शान्ति प्रकृयामा आउन, सविधान निर्माण गर्न , पार्टी एकता गर्न के वामदेवको भन्दा कम भूमिका थियो होला नारायणकाजीको ? प्रश्न उठेको छ ।
भित्री रुपमा वामदेवलाई अगाडी ल्याएर बैकल्पिक प्रधानमन्त्रीको रुपमा समेत खडा गर्न खोजिएको देखिन्छ एकातिर भने अर्को तिर पार्टी भित्र ओली र प्रचण्डबीच सन्तुलन कायम राख्न वामदेवलाई सुत्रधारको रुपमा कायम राख्ने दुवै शीर्ष नेताको स्वार्थ हुन सक्ने आकलन गरिएको छ ।
यसो गरेर बामदेवलाई काखा राख्दा नारायणकाजी पाखा पर्ने स्पष्टै देखिन्छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वामदेव गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545