Techie IT
आईतबार, वैशाख ७,२०८२

रामवीरको राजिनामा : राष्ट्रियसभाको सदस्य बनाएर मन्त्री बनाउने आश्वासन र तीन करोड पनि


काठमाडौं-७ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पार्टी सचिवालयमा राजीनामा बुझाएपछि नेकपा नेता तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतम सांसदको उम्मेदबार बन्ने विषयले पुनः चर्चा पाएको छ ।

गत वर्ष सम्पन्न आम निर्वाचनमा बर्दिया-१ बाट पराजित गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउनकै लागि मानन्धरलाई राजीनामा दिन लगाइएको जानकारहरू बताउँछन् ।

सांसद रामवीर मानन्धरले अकारण राजिनामा दिएपछि उनको तीव्र अलोचना भएको छ । अाफ्नो राजिनामा पत्र पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खल्तीमा हालिदिएका मानन्धरले मंगलाबार राजिनामा दिएको बताएका थिए ।

उनले कांग्रेस र राप्रपाका साझा उम्मेदवार विक्रम थापालाई ८ हजारभन्दा बढी मतले पराजित गरेका थिए। पार्टीकै सचिवालय सदस्य वामदेव गौतमले प्रतिनिधिसभा सदस्य बन्न मरिहत्ते गरीपछि मानन्धरले राजिनामा दिएका हुन ।

वामदेव गाैतमले सांसद बन्नका लागि गरेको एक दर्जन प्रयास असफल भएपछि ठाउँ खाली गर्नेलार्इ तीन करोड दिने अफर सार्वजनिक भएको थियो । अहिले बामदेवका लागि काठमाडाैँ ७ खाली गर्ने मानन्धरले गाैतमबाट अफर पाए कि पाएनन् भन्ने चर्चा समेत चलेको छ ।

राष्ट्रियसभाको सदस्य बनाएर मन्त्री बनाउने अाश्वासन दिएको कुरा स्वयं मानन्धरले नै बताइसकेका छन भने तीन करोडको विषय चर्चामै सीमित भयो वा रामवीरले पनि अफरमा सहभागिता जनाउन पाए धेरैको चासोको विषय बनेको छ । उनले जसरी खुशीका साथ सांसद पद त्याग गरेका छन त्यसमा केही गडबड रहेको पार्टीका शीर्ष नेताहरू समेत अाशंका गरेका छन ।

यस्तो छ सामाजिक सञ्जलको प्रतिनिधि प्रतिक्रिया

तीर्थ भट्टरार्इले फेसबुकमा लेखेका छन 

एक पटक हारेको ब्यक्तिले अर्को पटक माननीय हुन अर्को चुनाब पर्खिनुपर्थ्यो,यो अवधिमा ती हराउने आफ्नै क्षेत्रका जनताको मन जित्नुपर्थ्यो,भुगोलमा रहेर जनताको सेवा गर्नुपर्थ्यो ताकि अस्ति भोट अन्तै बर्साउने जनतालाइ ग्लानी होस तर त्यसो नगरी चुनाब हारेको ८/१० महिनामै अर्को ठाउको जनताको मन जितेर चुनाब जित्ने ब्यक्तिलाइ राजिनामा गर्न लगाइ त्यही ब्यक्ती फेरि कुस्ती खेल्दा जनमानसमा सन्देश कस्तो जाला??यदि फेरि त्यहाका जनतालेपनी उहालाइ हराए भने अहिलेको उहाको छवि कहाँ पुग्ला??जित्ने लक्ष्य अनि आधारहरु हामिमाझ प्रसस्तै छन तर जनताको मन कहिले उल्टिन सक्छ त्यतातिरपनी ध्यान पुर्याऔ,जबर्जस्तिले भन्दा मगजमस्तिले आफ्नो इमान बचाऔ बाकी तपाइहरुको निर्णय त्यसपछी जनता जनार्दन र हामी शुभेच्छुकले शुभकामना मात्र भन्न सकियो अहिलेलाइ।

पत्रकार सुवास पण्डित लेख्छन

गरू भट्टरार्इ फेसबुकमा लेख्छन

काठमान्डौ – ७ बाट रामविर मानन्धरलाइ राजीनामा गराएर बामदेवलाइ उप चुनावको निम्ति छोड्ने भन्ने चर्चा फेरी चलाइएको छ । यदी सत्य हो भने काठमान्डौ ७ का आम नागरिकलाइ अपिल गर्न चाहन्छु – बामदेबको पक्षमा तपाइको परिवारको १ भोट पनि गयो भने तपाइ नागरिक हैन, दास युगको दास हुँ भनेर सार्बजनिक घोषणा गर्नुस, हैन भने १ भोट पनि नजानेगरी सचेत रहनुस। नेपाली जनता बामदेवको दास/रैति हैनन । लोकतन्त्रको नाममा जनमत अपहरण शैलि चल्दैन, चल्नु हुदैन । A VERY BIG ”NO” to BAMDEV. निर्लज्जताको पराकाष्ठा न नाघ्न चेतावनी दिन चाहन्छु आम नागरिकको तर्फबाट । लोकतन्त्र भनेको जनमतलाइ अमुक नेताको बेश्याबृति गर्ने वस्तु ठान्न पाइदैन, स्वीकार हुदैन ।नेपाली जनतालाइ बामदेव चाहिएन, हराइसके । हार खप्न नसकेको भए आत्महत्या गरे हुन्छ, यस्ता निर्लज्जहरु नेपाली जनतालाइ आवश्यक छैन । अमुक नेता संसदमा हुनु नहुनुसंग नेपाली जनताको कुनै सरोकार छैन । आम नागरिकहरु – #बामदेवहराउँ अभियानको निम्ति तयार रहनुस, यी निर्लज्जहरुको भर छैन । DPM Ishwar Pokhrel , please stop abusing democracy.

अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य किरण देउजाले फेसबुकमा लेखेका छन

काठमाडौ ७ मा तत्कालीन एमाले, अहिले नेकपाको कार्यकर्ता डोल्पाका कार्यकर्ता झैं स्वतन्त्र छन् कि दास छन् हेर्न बेला आएको छ। मध्यपश्चिमका जनताले तिरस्कार गरेकालाई पुनः तिरस्कार गर्छन् कि गर्दैनन् ? महादेवले मृत सतिदेविको शरीर बोकेर भौतारिए झैँ किन भौतारिएका छन्, नेकपाका उच्च नेताहरू !!! २/३ को मात लागेको हो?

 

बाबुराम ढकाल फेसबुकमा लेख्छन

वामदेवको छटपटि, सुन तस्करी र नेकपाको निर्णय
यो मुलुकमा सुन तस्करीलाई संस्थागत गरेर नेकपालाई सबैभन्दा बढी बदनाम गराउने खलपात्र हुन् महामहिम बामदेव गौतम । (नपत्याए २०५६ सालको परिथापा नेतृत्वको संसदिय समितिको प्रदिवेदन पढौं, भरखरै बजारमा आएको अच्युत कृष्ण खरेलको जीवनी पढौं) त्यस्ता नेतालाई संसदमा पुर्याउने कुत्सित मनसायबाट गरिने नेकपाको संभावित निर्णय देश, पार्टी, कार्यकर्ता समर्थक र मतदातामाथिको सबैभन्दा ठूलो घात हो । नेताले घात गरेर निर्वाचित जनप््तिनिधिलाई राजीनामा दिन विवस पारेर विवादास्पद नेतालाई संसदमा पुर्याउने निर्णय गर्न हुन्छ भने कार्यकर्ताले त्यस्तो निर्णयलाई लोप्पा खुवाउन किन मिल्दैन ? नेकपाका कार्यकर्ता पङित प्यारालाइसिस भएर थला परेको छैन भने नेतृत्वलाई खबरदारी गर …वामदेव गौतम संसदमा नहुंदा कुन चांही आकास खस्छ ? त्यसको जवाफ माग ।

पत्रकार प्रकाश तिमल्सिना फेसबुकमा लेख्छन

बामदेवको उम्मेदवारी प्रयत्न लोकतन्त्र, अावाधिक निर्वाचनको उपहास हो र पद अाशक्तिको हद पनि हो, यदी उठेमा हराउनु पर्छ।

पत्रकार उद्धवराज भेटवाल फेसबुकमा व्यांग्तम शैलीमा लेख्छन

केपी अाेलीले बामदेवलाई नजिताउनकै लागि काठमाण्डाै ल्याउँदैछन् भनेर भन्याे भने नेकपाका साथिहरुले तैंले के जान्या छस् भन्लान् फेरि !


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #रामवीरको राजिनामा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545