Techie IT
शनिबार, वैशाख ६,२०८२

तारकेश्वरका जनप्रतिनिधिको बिरोधमा कोण सभा


तारकेश्वर नगरपालिका जनप्रतिनिधिहरु निर्वाचित भएर आफ्नो कार्यकाल करिब १८ महिना पुरा गरि सक्दा पनि साबिक कर्मचारीले चलाएको नगरपालिका भन्दा अझै अब्यबस्थित र ग़ैरज़िम्मेवार भएको भन्दै बिरोध र्याली एवंम कोण सभा गरिएको छ । बुधबार तारकेश्वर स्थीत जरङ्गकु बाट जुलुस सुरु भई लामबगर , धर्मस्ली हुदै नगरपालिका अगाडी कोण सभामा परिणत भएको छ । नेपाली कांग्रेस तारकेश्वर नगर समितिको अगुवाइमा आयोजा गरिएको सो बिरोध प्रर्दशनमा नागरीक समाज , तारकेश्वरका स्थानिय बासिन्दा लगायतका ठुलो संख्यामा उपस्थिीती रहेको छ ।

नेपाली कांग्रेस तारकेश्वर नगर सभापति श्रीराम थापाले भने जनताले स्थानियतहको निर्वाचन भएपछी जुन आषा र भरोसा गरेका थिए त्यो आज निरासामा परिणत भएको छ । नगरपालिकाले जनतालाई सेवासुबिधा दिनु भन्दा आफ्नो सेवासुबिधा मात्र बृद्दी गरेको छ ।

जनताको क्षमता भन्दाबढी हचुवाको भरमा करबृद्दी गरेको छ । बाटोमा पैदल हिड्ने पैदलयात्रीहरुको गाडीले हिलो छ्यापेर आफ्नो गन्तव्य सम्म पुग्न पनी धेरै कठिनाई भोग्नु परेको , नगरपालिका क्षेत्रभरीका कुनै पनी बाटोहरुको निम्नतम मापदण्ड पनी पुरा नगरेको प्राकृतिक संरचनाहरुको दोहन भइरहेकोमा नगरपालिका निरीय बनेको बिष्णुभतm तिमिल्सिनाको भनाई छ ।

यसै गरि लक्षितबर्गले पाउने सेवासुबिधाको दुरुपयोग गरी कार्यकर्ता पोस्ने काम जनप्रतिनिधिहरुले गरेको नागरिक समाजका अगुवा हरि तिमिल्सिनाले बताए । नगरपालिकामा जनप्रतिनिधिहरु आएपछी क़रारमा कर्मचारीहरु राख्दा करार ऐनको समेत ख़्याल नगरी नाताबाद , कृर्पाबाद र कार्यकर्ता भर्तिकेन्द्र बनाएको समेत उनीहरुको आरोप रहेको छ।

नगरपालिका अगाडी भएको कोण सभालाई सम्बोधन गर्दे मेयर रामेश्वर बोहोराले कर बृद्धीमा केही हेरफेर हुने र नगर बिकाशमा सबै संग मिलेर हातेमाले गरेर अघि बढुने समेत प्रतिबद्धता ब्यतm गरेका छन ।

काठमाडौं, भदौ १३ । तारकेश्वर नगरपालिका जनसरोकार समूहले नगरको विकास एवम् जनसरोकारका विषयमा नगरपालिकामा बुझाएको २५ बुँदे ज्ञापनपत्र कार्यान्वयन गर्नेतर्फ नगरपालिकाले चासो नदेखाएको भन्दै आज विरोधसभा गरेको छ ।
नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमिति र नागरिक समाज समेतको आह्वानमा भएको उक्त विरोध सभा कांग्रेस नेता विष्णुभक्त तिमिल्सिना, नगर सभापति श्रीराम थापा, नागरिक समाजका अगुवा हरि तिमिल्सिनालगायतको नेतृत्वमा भएको थियो ।

ठूलो संख्यामा स्थानीयबासीहरुले जरङ्खु पुलदेखि सानो बाइपास, धर्मस्थली बजार विरोध प्रदर्शन गर्दै नगरपालिकको कार्यालय अगाडि पुगेर सभा आयोजना गरेका थिए । सभाका वक्ताहरुले १५ दिन अघि नगरपालिकालाई नगरको विकासका एवम् जनसरोकारका विषयमा बुझाएको ज्ञापनपत्र कार्यान्वयन गर्नेतर्फ कुनै पहल नगरेको भन्दै आक्रोश पोखेका थिए ।
यसअघि बुझइएको ज्ञापनपत्रमा करको दर होइन दायरा वृद्धि गर्नुपर्ने उल्लेख गर्दै मालपोत कर, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, नागरिकता सिफारिस आदिमा लिने गरेको चर्को कर खारेज गरी पुरानै दररेट लागू गर्न माग गरिएको थियो।

 

 

त्यस्तै पैतृक सम्पत्ति बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर हटाउनको लागि केन्द्रसम्म पहल गर्नुपर्ने, मोहियानी हकमा हाल कायम रहेको हदबन्दीमा वास्तविक हदबन्दी लाग्ने बाहेकका मोहीलाई समेत मोही लगत कट्टा र मोही नामसारी गर्नबाट रोकिएकाले सो अभिलम्ब खुलाउन पहल गर्नुपर्ने, सडक किनारामा तत्कालीन मापदण्ड अनुरुप घर बनाई बसेका जनताको तत्कालीन मापदण्ड अनुरुपनै अद्यावधिक निर्माण सम्पन्न गरी दिनु्पर्ने, नगरपालिका क्षेत्रमा कायम गरिएको मध्यवर्ती क्षेत्रको सिमालाई घटाएर निकुन्ज क्षेत्रबाट ३ सय मिटरसम्म मात्र कायम गर्न पहल गर्नुपर्ने माग रहेका छन् ।

यसैगरी नगरपालिका क्षेत्रमा रहेका मठ मन्दिर तथा पर्यटकीय क्षेत्रको उचित संरक्षण सम्बद्र्धन गरी आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, घरजग्गाको मूल्यांकन गर्दा यथार्थ मूल्यांकन कायम गरी करको दरलाई न्यूनतम् बिन्दूमा झारेर वैज्ञानिक विधि अपनाउन प्रयत्न गर्नुपर्ने, तारकेश्वर नगरपालिकालाई ई–नगरपालिका घोषणा गर्नुका साथै नगरपालिकाको प्रोफाइल तयार गरी सार्वजनिक गर्नुपर्ने, नगर रंगशाला निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने, प्रत्येक वडामा बाल कल्याणकारी समिति गठन गर्नुपर्ने माग अघि सारिएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #जनप्रतिनिधि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545