Techie IT
शनिबार, वैशाख ६,२०८२

टिपरको ठककरबाट ओखरपौवामा पदम बहादुर बलामीको मृत्यु , स्थानीय बासीद्धारा सडक अवरुद्ध


पुकार तिमलसिना

ककनी गाउँपालिका अन्तर्गत ओखरपौवा महाँलक्ष्मी मन्दिर नजिक टिपरको ठक्करबाट एकजनाको मृत्यु भए्को छ ।

काठमाडौबाट फोहोर लिएर जादै गरेको बा २ ख ६११८ नं को टिपरको ठक्करबाट ककनी गाउँपालिक– १ कागतीगाउँ बस्ने वर्ष ४५ का पदम बहादुर बलामीको घटनास्थलमै मृत्यु भएपछि ओखरपौवा तनावग्रस्त बनेको हो ।

स्थानीयले अहिले दुवैतर्फका गाडी रोकेर प्रदर्शन गरिरहेका कारण पासाङल्हामु राजमार्ग भएर आवतजावत गर्ने दुवैतर्फका सवारी लामो जाममा फसेको स्थानिय बासुदेब घिमिरेले  बताए ।

ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार कुवेर राउतले दुई पक्षलाई राखेर समाधान खोज्ने प्रयासमा प्रहरी लागेको जानकारी दिए ।

घटनाको विरोधमा स्थानीयबासीले सडक अवरुद्ध गरेका कारण फोहोर बिसर्जन कार्य समेत प्रभावित भएको छ ।

उक्त घटनापछि काठमाडौंको फोहोर उठ्न पनि बन्द भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार   दुर्घटनापछि चालक फरार रहेका  छन्  ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ओखरपौवा, #टिपर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545