Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपालटारको नेवारी खाजा घरमा बालिका बलात्कृत


कंचनपुर भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरेर हत्यापछि पुरै देश स्तब्ध भइरहेको बेला काठमाडौंको नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।

तारकेश्वर नगरपालिका नेपालटारमा खाजा घरमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

बलात्कारको आरोपमा प्रहरीले बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।

बालिका बलत्कारको घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी बृत बालाजुका प्रमुख चिरन्जीवी कोइरालाले बताए।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालिका बलात्कृत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545