Techie IT
शनिबार, वैशाख ६,२०८२

‘गुणस्तरीय सेवा प्रदान गर्न सरकार प्रतिबद्ध’


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सीमित स्रोत साधनको अधितकतम प्रयोग गरेर जनतालाई गुणस्तरीय एवं छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत पोखरामा स्थापना गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्देशनालयको स्थापनाले संघीयता कार्यान्वयनमा जोड पुगेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशको पहिलो निर्देशनालयका रुपमा स्थापना भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले अस्पतालको सञ्चालन र व्यवस्थापनका लागि प्रदेशको मातहतमा दिइनुपर्ने माग गर्नुभयो । पोखरा विज्ञान प्रतिष्ठान संघीय सरकारले नभई प्रदेश सरकारको जिम्मामा हुनुपर्ने बताउँदै उहाँले स्थानीय तहको जिम्मामा रहेको आधारभूत स्वास्थ्य सेवा व्यवस्थापन र परिचालन गर्न चुनौती रहेकामा जोड दिनुभयो ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले मन्त्रालय आवश्यक नीति तथा कानून निर्माणमा जुटेको बताउँदै जवाफदेवी, कर्तव्यनिष्ठ बनी जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सकेमात्र स्वस्थ नागरिक उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिबहादुर थापाले प्रदेशको गौरवका रुपमा रहेको गण्डकी अस्पताललाई सुविधा सम्पन्न बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारीले निर्देशनालय स्थापनासँगै तल्लो तहका जनतासमक्ष स्वास्थ्य सेवा पु¥याउन सहयोग पुग्ने बताउनुभयो ।


क्याटेगोरी : ब्रेकिंग न्युज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545