Techie IT
सोमबार, वैशाख ८,२०८२

राष्ट्रपतिद्धारा सर्वदलीय वैठक आह्वान


सीता पौडेल,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलहरुसँगको छलफलका लागि सर्वदलीय वैठकको आहृवान गर्नुभएको छ । बैठक आज अपराह्न ४ बजे शीतल निवासमा हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँगको छलफलका लागि वैठक आह्वान गरिएको हो ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको बताइएको छ ।

संसद पुनर्स्थापनालगत्तै सर्वोच्चले एमाले र माओवादी केन्द्र दुबैलाई ब्युँताइदिएपछि सरकार र संसदमा असहज परिस्थिति सिर्जना भएको अवस्थामा राष्ट्रपतिले दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको हो ।सत्तारुढ दल एमालेमा भएको विखण्डनको अवस्था ,दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि तथा तिक्तता र सत्ता समीकरणको समस्याका बाबजुद सर्वदलीय बैठक आहृवानलाई धेरैले राष्ट्रपतिको सकारात्मक कदम मानेका छन् भने कतिपयले संसद विघटनलाई जोडेर सामाजिक सञ्जालमा राष्ट्रपतिको आलोचना समेत गरेका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : ##राष्ट्रपतिद्धारा सर्वदलीय वैठक आह्वान, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545