प्रधानमन्त्री स्वयम् मन्त्रीहरुको अनुगमनमा, मन्त्रालयबीच समन्वयको अभाव

काठमाडौँ । प्रधानमन्त्री कार्यालय र मन्त्रालयबीच समन्वयको अभावले प्रधानमन्त्री स्वयम् मन्त्रीहरुको अनुगमन थालेका छन् । ओली सरकारका मन्त्रीहरू विवादमा आएकै कारणले प्रधानमन्त्री र मन्त्रीबीचमा विश्वासको वातावरणको दूरी बढ्दै गएको जानकारहरु बताएका छन ।
प्रधानमन्त्री कार्यालय र मन्त्रालयबीच समन्वयको अभाव देखिएका समाचार आइरहेको बेला मन्त्रीहरूमाथि भएको निगरानीले तनाव बढाउन सक्ने मन्त्रीहरूको भनाइ छ ।
बङ्गलादेशमा पढ्न जाने छात्राका विषयमा एउटा विवादास्पद अभिव्यक्ति दिएर कानुन मन्त्री शेरबहादुर तामाङको राजीनामा आएको एक साता नवित्दै प्रधानमन्त्रीले अन्य मन्त्रीको काममाथि निगरानी थालेको समाचार प्रकाशमा आएको हो ।
समाचारमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको भनाइ छ, ‘मन्त्रिपरिषदमा सबै मन्त्रीहरू जिम्मेवार हुनुहुन्छ, उहाँहरूलाई जिम्मेवार बनाइएको छ । जिम्मेवार नभए तपाईंहरू पछि थाहा पाउनुहुन्छ । अहिले उहाँहरूले गरेका कामको अनुगमन भइरहेको छ ।’
अधिकांश मन्त्रीले प्रधानमन्त्री कार्यालयमा फोन गरे र समाचारको सत्यता पुष्टि गर्न चाहे तर मन्त्रीहरूले गरेको फोनमा चाहिँ प्रधानमन्त्री केपी ओलीको टिमका सदस्यले पत्रिकाले आफ्नो ढङ्गले समाचार लेखेको भनेर जवाफ दिए ।
‘प्रधानमन्त्रीले चार पाँच महिनाको यो अवधिमा एक पटक पनि मन्त्रीलाई बोलाएर के कस्तो भएको छ भनेर छलफल नै गरेका छैनन् । प्रधानमन्त्री कार्यालयले कुनै पनि विषयमा अहिलेसम्म सम्बन्धित मत्रालयका मन्त्रीसँग वान टु वान छलफल पनि गरेका छैनन ।’ एक मन्त्रीले नाम नलेख्ने शर्तमा भने ।
यसले प्रधानमन्त्रीको सरकारको निरिहता देखाउँछ । स्वयम् प्रधानमन्त्रीलाई असफलप बनाउँछ । सबै काम प्रधानमन्त्रीले गर्ने हो भने सबै मन्त्री हटाएर सचिवबाट सरकार चलाए हुन्छ । प्रधानमन्त्री त्यसो गर्न चाहेको हो भने मन्त्रीहरू सबैले स्वेछिक रूपमा राजीनामा दिन्छन् ।’
मन्त्रीहरुले यो बिषयमा अनौपचारीक रुपमा असँतुष्टी जनाएका छन ।
‘त्यसो हो भने प्रधानमन्त्रीको कार्यशैलीको निगरानी कसले गर्ने ?’ ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीको एकलौटी स्वभावले मन्त्रीहरूलाई नै
काम गर्न सजिलो भएको छैन । प्रधानमन्त्रीले त सबै मन्त्रीहरूसँग समन्वय गर्नुपर्ने हो । उल्टो र्याङ्किङ गरेर निरुत्साहित गर्ने काम भयो ।’
ओली सरकारका मन्त्रीहरूको विवाद ।
सिंहदरवारबाट रुँदै बाहिरिए कानुन मन्त्री ।
खेलकुद मन्त्रीको भाइरल फोटो ।
मन्त्री रघुवीर महासेठका यस्ता ५ विवाद
सगरमाथाको पानी विदेश पुर्राउने खानेपानी मन्त्रीको योजना
पर्यटनमन्त्री रवीन्द्र अधिकारीका ४ महिनाका ५ विवाद
ओली सरकारका मन्त्रीबीच नै मनमुटाव
गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीबीच बिवाद
मेडिकल शिक्षामा लगामपछि कृषि तथा बन शिक्षामा ‘माफिया’ को यस्तो चलखेल
मन्त्रालयले गरेको प्रगति, मन्त्री–सचिवले मन्त्रालयमा दिएको समय– कार्यप्रगति, मन्त्रीको स्वकीय सचिवालयको भूमिका र सचिवालयका बारेमा आएका गुनासा तथा मन्त्रीको जिल्ला भ्रमण सङ्ख्या र सहभागी भएको कार्यक्रमको स्तर हेरेर प्रधानमन्त्रीले मन्त्रीहरूको अनुगमन गरेको बताइएको छ । सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्