वायु सेवा निगमको वाइडबडी जहाजको व्यवसायी उडान सुरु

राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजको व्यवसायी उडान सुरु भएको छ । १९ सिटको डाकोटा विमानबाट उडान सुरु गरेको नेवानिले ६० वर्षपछि २७४ सिटको बाइडबडी ए३३०–२०० सिरिजको जहाजमार्फत व्यवसायी उडान सुरु गरेको हो । नेवानिले पहिलो व्यावसायिक उडान कतारको दोहाबाट सुरु गरेको छ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त ए३३०–२०० वाइडबडी जहाजले बुधबार बेलुका ९ः२५ मा कतारको दोहाबाट व्यावसायिक उडान सुरु गरेको हो ।
असार १४ गते फ्रान्सको तुलुज सहरबाट १० करोड ४८ लाख रुपैयाँ खरिद गरिएको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरिएको थियो । नेवानिलै नै ल्याएको दोस्रो वाइडबडी जहाजको व्यावसायिक उडान भने केही दिनबाट सुरु हुनेछ । मकालु नाम दिएको दोस्रो वाइडबडी जहाजको कलसाइन भने ‘नाइन एन–एन एएलजेट’ दिइएको छ ।
अन्नपूर्ण नाम दिइएको वाइडबडी जहाजको पहिलो उडानमै ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको नेवानिका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताए ।
जहाजमा २५६ वटा इकोनोमिक क्लासका सिट र १८ वटा बिजनेस क्लासका सिट रहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्