Techie IT
शनिबार, वैशाख ६,२०८२

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए राजिनामा


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन । नेकपाको सचिवालय सदस्य समेत रहेका श्रेष्ठले बैठकमै राजिनामा बुझाएको बुझिएको छ ।

चिकित्सक गोविन्द केसीको अनसनको समयमा श्रेष्ठ र उनका मुख्य समर्थक शिक्षमन्त्री गिरिराजमणि पोखरेल दोहोरो भूमिकामा देखिएका थिए । सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठको भूमिकाको आलोचना गरेपछि श्रेष्ठले राजिनामा दिएका हुन ।

श्रेष्ठलाई राजिनामा फिर्ता लिन फकाउने जिम्मा भने वरिष्ठ नेता माधवकुमार नेपाललाई दिइएको बुझिएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नारायणकाजी श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545