Techie IT
शनिबार, वैशाख ६,२०८२

केसीको अनसन अराजकताको पराकाष्ठा ,यस्तो छ उनको नालीबेली


काठमाडौं । डा. केसी कुनै एउटा अस्पतालका डाक्टर अर्थात उनी नेपाल सरकारको तलव भत्ता खाने कर्मचारी हुन् । उनको जागिर सधैभरी काठमाडौंमै रह्यो । विकट जिल्लामा उनले जानुपर्दैन । उनका अनुचरले पनि राजधानी छोड्नु पर्दैन । आइएनजिओले भरपर्दो रुपमा ठूलो लगानी गरेको छ एउटा विवादस्पद राजनीतिक पार्टी मार्फत । त्यो पार्टीका कार्यकर्ता कागजको टोपी लगाएर वितण्डा मच्चाउँछन ।
डा. केसी एक सरकारी कर्मचारीले समानान्तर सरकार घोषणा गर्दा पनि जनताबाट निर्वाचित दुईतिहाईको समर्थन प्राप्त सरकार निरीह बनेको छ । उनीमाथि कनि कारवाही हुँदैन ? यो नेपाल चिकित्सक संघ अराजकहरुको भिड जस्तै भएको छ । चिकित्सक संघ लापरवाही र गैरजिम्मेवार डाक्टरहरुको संरक्षक जस्तो मात्र देखिएको छ । किन सरकारले गैरजिम्मेवार रुपमा डाक्टरहरुलाई छाडा छोडेको छ ? संसारका हरेक राष्ट्रमा सरकारको आफ्नो नीति हुन्छ । त्यै नीति अनुसार स्वास्थ्य नीति संसद तथा सरकारले वनाउँछ । डा. केसी एण्ड कागजे कम्पनीको नीति राष्ट्रले लागू ग¥यो भने संसद पंगु हुन्छ, सरकार भ्रष्ट र असक्षम हुन्छ । तसर्थ राष्ट्रिय नीतिको विरोधमा एउटा राष्ट्रको तलव भत्ता खाने कर्मचारीले अराजकता लाद्छन् वारम्वार भने उनलाई अवकाश दिएर कडा कारवाही गरिनुपर्दछ ।

चिकित्सक संघको नाममा कागजको टोपी लगाएर वितण्डा मच्चाउने, अस्पतालमा हड्ताल गर्ने डाक्टरमाथि मेडिकल काउन्सिल के हेरेर बसेको छ ? स्वास्थ्य संस्थामा हड्ताल गरेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने डाक्टर हुन कि अरु थोक यिनीहरुमाथि कारवाही गरिनुपर्दछ । देशमा सयौ वेरोजगार विज्ञ डाक्टरहरु छन् । लोकसेवा आयोगलाई निश्चित दिनका लागि निस्क्रिय गरेर वेरोजगार डाक्टरहरुलाई नियुक्ति गर्न सरकारले सकेन भने यो सरकारको अर्थात दुई तिहाईको सरकारको औचित्य सकिन्छ ।
डा. केसीले नयाँ मेडिकल कलेज खोल्न नदिने मात्र होइन भएका कलेजहरुको पनि कोटा कटौती गराउँदा ५ वर्षमा २२ अर्ब नेपालको सम्पत्ति विदेशीएको छ । १ सय ५० जति दलीत, जनजाति, थारु मुस्लिम, अल्पसंख्यक गरिव जेहन्दार विद्यार्थी निशुल्क रुपमा पढ्न पाउने अधिकारबाट वञ्चित भइरहेका छन् ।

स्वदेशमा पढ्न नपाएर वंगलादेश, भारत, चीन, रसिया, क्यानडामा उनीहरु भौतारिरहेका छन् । करिव डेढ दर्जन डाक्टरहरु वंगलादेशको विमान दुघटनामा केही महिना अघि काठमाडौंमा मरे । केसीले पढ्न नदिएका कारण उनीहरु वंगलादेशमा पढ्न वाध्य भएर गएका थिए ।
शिक्षा मन्त्रालयको डाटा अनुसार पछिल्लो ५ वर्षमा ४ हजार ३ सय ४६ जना विद्यार्थी डाक्टर पढ्न विदेश गएका छन् । उनीहरुले २२ अर्ब खर्च गरे। व्यक्तिगत खर्च जोड्दा २७ अर्ब भन्दा बढी रकम विदेसियो । यो देशलाई कंगाल वनाउन आईएनजिओ र पश्चिमा मिशनरीको निर्देशनमा डा. केसीलाई अनसनको नाटक गर्न लगाइएको छ । डा. केसीको अनसनले कतिपयलाई आईएनजिओसँग पैसा माग्ने माध्यम भएको छ भने कसैका लागि रकम पचाउने मेलो त कतिपयलाई भविष्यमा पैसा प्राप्त गर्ने माध्यम बनेको छ ।
शिक्षा मन्त्रालयका अनुसार वार्षिक ८ हजार विद्यार्थीले प्रवेश परीक्षा दिन्छन् । वीडीएस पढ्न पनि त्यतिकै प्रयास हुन्छ । तर भएका कलेजको कोटा कटौती गर्नु, नयाँ मेडिकल कलेज खोल्न नदिनुका कारण विदेशमा अबौं रुपैयाँ जाने गर्छ पढ्ने नाममा । ठूलो धनसँगै जनको पनि क्षति भइरहेको छ ।

एउटा व्यक्तिलाई प्रयोग गरेर एउटा वाह्य शक्तिबाट चल्ने झुण्डले केसीलाई उचाल्दा सरकार अराजकतालाई समाप्त पार्न सक्दैन, दरिलो निर्णय गर्न सक्दैन भने यसलाई दुर्भाग्य मात्र मानिदैन सरकारप्रति वितृष्ण समेत पैदा हुन्छ । देव्रे खुट्टाको अप्रेशन गर्नुपर्ने दाहिने खुट्टाको अप्रेशन गर्दा, सामान्य पेट दुखेर अस्पताल गएका विरामीलाई २५ दिन राखेर मृत घोषणा गर्दा डा. केसी र उनको समूह कागजे टापीधारीहरु बोल्दैनन् । वजारमा नक्कली औषधिको विगविगि छ, मूल्य ३ सय प्रतिशत सम्म बढी लिइन्छ । यो उदण्ड समूहको नाइके डा. केसी वोल्दैनन् ।

अस्पतालले विरामीलाई भएको श्रीसम्पत्ति सवै लुटेपछि वन्दी बनाइरहेका छन् । दर्जनौले त अस्पतालमै आत्महत्या गरिसके, डा. केसी भन्ने व्यक्ति र उनको डफ्फा बोल्दैन । कुनै पनि डाक्टर विकटमा जान चाहदैनन् । केसीहरुको उनीहरुलाई सपोर्ट छ । मात्र एउटा अखवार र उसको रेडियो, टिभीको प्रपोगण्डाका पछि लागेर हो हल्ला मच्चाउनेहरुको स्वार्थमा केसीको विवादस्पद अनसन बारे प्रायोजित प्रचार गरिन्छ ।

कैले प्रधानन्यायाधीश हटा, कहिले अख्तियार प्रमुख आयुक्त हटा, कहिले आयल निगमको हाकिम हटा, कहिले फलानालाई हटाएर फलानो मान्छे नियुक्ति गर भन्ने डा. केसीको हिम्मत पुग्छ भने राजीनामा दिएर अस्पताल बाहिर अनसन वसुन् । सरकारी साधन स्रोत प्रयोग गरेर सरकारी भवनमा सरकारकै विरुद्ध जाइलाग्छ भने या त सरकारले डा. केसी एवं उनका नन्दीभृंगी माथि कारवाही गरोस् हैन भने केसीको रवैयाले देशमा अस्थिरता, उच्श्रृंखलता ल्याउने निश्चित छ ।

कांग्रेस नेतृत्वमा केसीको ७ पटक अनसन, त्यतिबेला किन माग पूरा गरेन ?

डा. गोविन्द केसी १५ औं अनसनमा छन् । जुम्ला पुगेर अनसन बसिरहेका केसीलाई सरकारले हिजो राजधानी ल्याएको छ । सरकारले केसीका मागबारे वार्ता गर्न टोली गठन गरेको छ । तर केसीका समर्थकहरुले मन्त्रीस्तरीय समिति वनाउनुपर्ने माग थपेका छन् ।
२० दिनदेखि अनसन बसेका केसीको स्वास्थ्य अवस्था विग्रदै गएको चिकित्सकहरुले बताएपछि सरकारले उनको उपचारका विशेषज्ञ चिकित्सक त्यहाँ पठाएको थियो । केसीले उनीहरुबाट उपचार नगराउने बालहठ देखाएपछि सरकारले हिजो सेनाको हेलिकोप्टर पठाएर काठमाडौं ल्याएको छ ।

केसीका माग पूरा गराउने पर्ने भन्दै नेपाली कांग्रेसले सडक अवरुद्ध पारेको छ भने सडकमा पनि आन्दोलन गरिरहेको छ । सरकारको
विरोध गर्ने एजेन्डा नपाएको कांग्रेसले केसीलाई आफ्नो राजनीतिक एजेन्डा बनाएर सडकदेखि सदनसम्म विरोध प्रदर्शन गरेको छ । तर कांग्रेसले केसीका मागलाई आफ्नो राजनीतिक एजेन्डा बनाएपछि केसीका समर्थकहरु बढ्नुको साटो घट्दै गएको छ । कांग्रेस नेतृत्वको सरकार हुँदा सात पटक केसी अनसन बसेका थिए । त्यसवेला केसीसँग सम्झौता गरेर अनसन तोडाउने अनि चुप लागेर बस्ने कांगे्रस विपक्षमा हुने वित्तिकै उनका सवै माग जायज हुन् भन्दै सडकमा आएपछि आम सर्वसाधारणले कांग्रेसप्रति मात्र होइन ‘केसीका माग पनि खै के खैके !’ भन्न थालेका छन् ।

कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शुशिल कोइराला र शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा पनि केसी सात पटक अनसन बसेका थिए । त्यसमा पनि अझ रोचक कुरा त के छन् भने केसीको पक्षमा सडकमा चर्को भाषण गर्ने गगन थापा स्वास्थ्य मन्त्री र गोपालमान श्रेष्ठ शिक्षामन्त्री हुँदा उनीहरुले किन केसीका माग पूरा गरेनन् ? उनीहरुलाई धेरैले प्रश्न उठाएका छन् ।

सुशील कोइराला नेतृत्वको सरकारमा तीन पटक र देउवा नेतृत्वको सरकार हुँदा केसीले ४ पटक अनसन बसेका थिए भने कांग्रेसका नेता गगन थापा स्वस्यमन्त्री हुँदा केसीले दुई पटक अनसन बसेका थिए । थापा अहिले केसीका प्रवक्ता बनेर कुर्लिरहेका छन् ।
आफ्नो नेतृत्वको सरकार हुँदा केसीका माग पूरा गर्न नसक्ने कांग्रेस विपक्षमा भएका बेला उनका माग सवै जायज छन्, हुवहु पूरा गर्नुपर्छ भनेर सडकमा उत्रिनुलाई कांग्रेसले लाजपचाएको रुपमा धेरैले टिप्पणी गरेका छन् ।
प्रतिस्पर्धा साप्ताहिकबाट


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #डा केसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Drizzle
5:33 am6:31 pm +0545