Techie IT
शुक्रबार, चैत्र २८,२०८१

यसरी खुल्यो काठ्माडौं स्थित नयाँ बसपार्क : हेर्नुहोस (फोटो फिचर)


सरकारको निर्णय संगै कोरोना संक्रमण न्युनिकरण गरी दैनिक जनजिवन सहज हुने गरी लामो दुरिको यातायात संचालन भएको छ। देशका बिभिन्न भागलाई राजधानी संग जोड्ने यातायात सेवा संचालन गर्ने निर्णय संगै काठ्मान्डौ स्थित नयाँ बसपार्कमा स्यानिटाईजर छर्किएर यातायात सुरु भएको छ।

बिहीबार बिहान ल्होत्से बहुउध्येश्यीय प्रालिले बसपार्क वरिपरी सहित गाडीहरुमा स्यानिटाइजर छर्केको हो।

यात्रुको स्वास्थ्यलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अवलम्बन गरी यात्रालाई सहज र रोगको संक्रमण शून्य गर्नका लागी समितीले सक्दो प्रयास गर्ने प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताएका छन्
कुवँरले कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको पनि बताएका छन्। यात्राका लागी यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने पनि उहाँले बताएका छन्।

 

 

 

 

 


क्याटेगोरी : फोटो फिचर, ब्रेकिंग न्युज
ट्याग : #kathmandu, #new buspark, #photo feature


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:40 am6:28 pm +0545