Techie IT
शनिबार, वैशाख ६,२०८२

थप एकको मृत्यु, ३२३ जनामा संक्रमण


काठमाडौं २७ जेठ । कोरोना भाइरसबाट एक जना मृत्यु भएको छ । चितवन भरतपुर(११ का एकजनाको भरतपुर अस्पतालमा एकजनाको मृत्यु भएको छ ।

उनको सोमबार साँझ कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले बताए । उनलाई मंगलबार बिहान मृत्यु घोषणा गरेको प्रवक्ता गौतमले जानकारी दिए । उनी ज्वरो, सुगर र उच्चरक्तचापको बिरामी थिए । उनीसंगै मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

उनले आज पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका हुन् । हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हाल जम्मा संक्रमतिको संख्या चार हजार ८५ पुगेको छ ।

हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर १ लाख ६ हजार ३३१ वटा नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना भाइरस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545