Techie IT
बुधबार, वैशाख १०,२०८२

टोखामा दुई युवतीमा कोरोना संक्रमणको पुष्टि


२१ जेठ २०७७, बुधबार

काठमाण्डौको टोखामा दुई युवतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले काठमाण्डौमा थपिएका तीन नयाँ संक्रमितमध्ये दुईजना टोखा नगरपालिकाभित्रको भएको पुुष्टि गरेको छ । उनिहरुको अवस्था अहिले सामान्य छ ।

टोखाका मेयर प्रकाश अधिकारीको अनुसार टोखाको कुन वडा र स्थान हो भन्ने बारे स्वास्थ मन्त्रालयबाट केही बेरमा सूचना आउने बताए ।

संक्रमित दुवैजना २७ वर्षिय युवती छन । उनिहरुको अवस्था अहिले सामान्य छ । आज थपिएका देशभरका दुई सय एक जना मध्ये काठमाण्डौमा तीनजनामा संक्रमण पुष्टि भएको थियो ।

जसमध्ये एकजना काठमाण्डौ मेडिकल कलेजमा कार्यरत महिला चिकित्सक हुन भने अन्य टोखा निवासी महिला हुन । उनिहरु तीनैजनाको उमेर २७ वर्षको रहेको छ ।

बुधबारसम्म ८० हजारभन्दा बढीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #टोखामा दुई युवतीमा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Sunny
5:29 am6:34 pm +0545