‘वन ऐन तल्लो तहसम्म पुग्न सकेनन्’

सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठकले वनमार्फत उद्यमशीलताका लागि बनेका ऐन समुदायको तल्लो तहसम्म पुग्न नसकेको बताउनुभएको छ ।
महासङ्घले आफूमा आबद्ध विभिन्न जिल्लाका पदाधिकारीलाई आज दिएको घरेलु उद्यमसम्बन्धी भर्चुअल तालीममा अध्यक्ष पाठकले उद्यम सञ्चालनमा सानादेखि ठूलासम्मका विषयमा समस्या उत्पन्न हुँदै आएको जिकिर गर्नुभयो । “उद्यम सञ्चालनका लागि सरकारीस्तरबाटै सहज नीति बन्न सकेको छैन”, उहाँले थप्नुभयो, “गरीब, विपन्न, महिला र पछाडि परेका समुदायलाई माथि उठाउने किसिमबाट उद्यमशीलताको विकास गर्नुपर्छ ।
” महासङ्घका महासचिव बिर्ख शाहीले वनको नीतिगत सुधारमा लाग्नुपर्ने तर्क राख्नुभयो भने सचिव ठाकुर भण्डारीले नेपाली बजार बिचौलियाको हातमा रहेकाले सरकारीस्तरबाटै उत्पादित सामानको बिक्रीवितरणमा ठोस नीति ल्याउनु आवश्यक रहेको बताउनुभयो । सो अवसरमा महासङ्घका कानूनी सल्लाहकार दिलराज खनालले तालीमबाट प्राप्त सुझावका आधारमा वन क्षेत्रमार्फत उद्यमशीलता विकासका लागि सरकारलाई प्रतिवेदन बुझाइने जानकारी दिनुभयो ।
त्यस्तै सहभागीले स्थानीय तहका जनप्रतिनिधिलाई वन उद्यमसम्बन्धी छलफलमा सहभागी गराउनुपर्ने, सरोकार निकायसँग छलफल अगाडि बढाउनुपर्ने, उद्यमशीलताका लागि आएको बजेट खुलाउनुपर्ने, स्थानीय महासङ्घमार्फत सहकारी सञ्चालन गरी जिल्लाभरि काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने, उद्यम सञ्चालनमा देशभर एकैखाले ऐन बनाउनुपर्नेलगायत सुझाव दिएका थिए ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #भारती पाठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्