Techie IT
सोमबार, वैशाख ८,२०८२

ककनीमा एक पुरूषमा कोरोना संक्रमण ,१० दिनका लागि शिल


नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना वर्ष ३९ का पुरूषमा कोरोना संक्रमण पुष्टि भए संगै वडा नं. ३ शिल गरिएको छ । गाउँपालिकाले बिज्ञप्ती जारी गर्दै गाउपालिका वडा नं. ३ शिलगरिएको जानकारी दिएको हो ।

ककनी गाउँपालिका वडा नंं ३ अन्र्तगतका सरकारी कार्यालय र संघ सस्थाहरु पुर्णरुपमा १० दिनका लागि शिल गरिएको विज्ञप्तीमा जनाइएको छ । आजै ककनी गाउँपालिकामा एकजना पुरूषमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएका पुरूषले काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए । ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ककनी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545