तारकेश्वर बासीलाई कोभिड परीक्षण गराउन नेपाली काँग्रेस एवं मानव अधिकार संगठको माग

जेठ ८ तारकेश्वर काठमाडौ । नेपाली कांग्रेस तारकेश्वर तथा नेपाल मानवअधिकार संगठन तारकेश्वर समितिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसप्रति सजगता अपनाउन व्यक्ति र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
विश्वव्यापी रुपमा कोरोना भाईरस सङ्क्रमण काठमाडौ उपत्यकामा फैलिएको लामो समय भइसक्दा पनि तारकेश्वर नगरपालिकाले कोभीड चेक जाँचका लागी कुनै अगुवाई नगरेको नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ६ का संगठन बिभाग प्रमुख बिष्णुभक्त तिमिल्सिनाले बताए ।
उनले तारकेश्वर नगरपालिकाभित्र जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छन। हेल्थ डेस्क राखिएपनि दक्ष जनशक्ति राखिएको छैन। कोरोना भाइरस बारेमा जनचेतना जगाउन र तारकेश्वर नाकामा प्रवेश गर्ने बिभिन्न नाकामा कडाई गर्दे आवश्यक स्वास्थ्यकर्मी राखेर जाँचको व्यवस्था मिलाउन माग गरेका छन।
यस्तौ तारकेश्वरको छिमेकी नगरपालिकामा समेत कोरोना भाइरसको त्रास फैलिएको बेला नगरपालिकाले उच्च सतर्कता नअपनाएको नेपाल मानवअधिकार संगठन तारकेश्वर समितिका अध्यक्ष हरि तिमिल्सिनाले बताए ।
बिभिन्न नाकाहरुबाट सहज रुपमा दैनिक ठूलो संख्याका मानिसहरु आवतजावत गर्ने भएकाले तारकेश्वरमा उच्च सतर्कता सहित कोभिड जाचँको व्यवस्था मिलाउन तिमिल्सिनाले आग्रह गरेका छन।
नेपालमा हाल सम्म कोरोना संक्रमितको संख्या ४ सय ५३ एवं मृतकको संख्या तीन पुगीसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल मानवअधिकार संगठन तारकेश्वर, #बिष्णुभक्त तिमिल्सिना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्