Techie IT
बुधबार, वैशाख १०,२०८२

प्रदेश एकमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो


सुनसरी – प्रदेश १ का थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधबार राति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो ।

झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ रहेको छ। निको हुनेहरुको संख्या २६ पुगेको छ। हिजो मात्रै ८ जना निको भएर घर फर्किएका छन् ।

प्रदेश एकमा हिजोसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । त्यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको मुख्यमन्त्री कार्यालय प्रदेश एककले जनाएको छ । यो स‌गै देशभरमा काेराेना संक्रमितकाे संख्या ४ सय ४४ पुगेकाे छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:29 am6:34 pm +0545