Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखाका नगरपालिकाका सवैको नेगेटिभ रिर्पोट


काठमाडौ ६ जेठ । टोखा नगरपालिकामा कोरोना भाइरस परीक्षण गरिएका सवैको रिर्पोट नेगेटिभ आएको छ । हिजो गरिएको परीक्षणमा २५ जनाका नेगेटिभ आएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

आज नेगेटिभको प्रमाण पत्र समेत दिइएको छ । गत शुक्रबार कोरोनाको कारणलो मृत्यु भएकी सिन्धुपाञ्चोक वाह्रविसेका २७ बर्षीय महिलाका टोखामा बसेकोले उनका नजिक आफन्तको परीक्षण गरेको थियो ।

संक्रमणबाट मृत्यु भएपछि टोखा नगरपालिकाले विभिन्न स्थानमा परीक्षणका दायरा बढाइरहेको छ । नगरप्रमुख अधिकारीले बाहिरबाट आउनेलाई होम क्यारेन्टिनमा र परीक्षण पश्चात मात्र घरमा पस्न दिएको जानकारी गराए ।

अहिले नगरपालिकाका प्रत्येक वडाका वडाअध्यक्ष पनि सक्रिय भएर कोरोना रोकथाम र नियन्त्रण गर्न लागेका छन् । मृतक महिला वस्ने ठाउँलाई अहिले सिल गरिएको छ ।


क्याटेगोरी : विशेष, समाचार
ट्याग : #टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545