Techie IT
शनिबार, वैशाख ६,२०८२

नागार्जुनद्धारा बन्दाबन्दीमा सुत्केरीलाई पाँच हजार ,खानेपानीमा छुट ,कृषिलाई बजेट


शरद शर्मा काठमाडौँ, ३१ वैशाख । नागार्जुन नगरपालिकाले बन्दाबन्दी (लकडाउन)को समयमा नगरभित्रका विरामीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९)को कारणले उपचारमा आर्थिकले गर्दा समस्या नहोस् भनेर ज्येष्ठ नागरिक, अपांग, एकल महिला र सुत्केरी सवैलाई जनही पाँच हजार रुपियाँ दिन थालिको नगरपालिकाका प्रमुख मोहन बस्नेतले जानकारी दिए ।

उनले अस्पतालमा भर्ना विरामी भएका उनीहरुलाई रकम उपलब्ध गराएको बताए । नगरपालिकाले लकडाउनका बीचमा ६ महिनासम्मका सुत्केरी आमा र वच्चालाई समेत जनही पाँच हजार उपलब्ध गराउँदै आएको छ । उहाँका अनुसार अस्पतालमा भर्ना भएको र वडा कार्यालयको सिफारिस लिएर आउने विरामीलाई आर्थिक सहयोग गरिरहेको छ । अहिलेसम्मम १० जना विरामीले आर्थिक सहयोग लिएका छन् ।

यसैगरी नगरपालिकाबाट संचालिन खानेपानीमा दुई महिना छुट गरेको छ । लकडाउनका समयमा कहिकतै आम्दानीको स्रोत नभएपछि नगरवासीलाई दुई महिनाको खानेपानी महशुस छुट गरिएको प्रमुख वस्नेतले जानकारी दिए ।

उहाँका अनुसार चैत र वैशाख महिनाको खानेपानी महशुल छुट गरिएको हो । नगरपालिका मातहतका ४० वटा उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आएको छ । ति सवै उपभोक्ता अन्तर्गतका नगरवासी महशुल बुझाउनु पदैन । ति उपभोक्तलाई ६ सय देखि चार हजारसम्म चैत र वैशाख महिनाको छुट पाउने छन् ।

यसैगरी नगरपालिकाले लकडाउनका समयमा पनि विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । उपप्रमुख सुशिला अधिकारीले लकडाउनका समयमा सडक, विद्युतको पोल गाड्ने र खानेपानीका काम सुचारु रहेको बताउनुभयो ।

उहाँले कामदारलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराएर कामलाई निरन्तरता दिएको बताए । अहिले प्रत्येक वार्डमा सडक निर्माणको काम भइरहेको छ । नगरपालिकाले सितापाइला रामकोटा भिमढुंगा धादिगं सडकखण्डको ११ किलोमिटर बाटो समेत बनाइरहेको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँले मंगलबारबाट आफू विकास निर्माणका कामको अनुगमनमा पनि निस्केको बताउनुभयो ।

“आर्थिक बर्ष सकिने थालेकोले विकास निर्माणका काम के कति भइरहेका छन त्यसको अनुगमन गर्न थालेका छौ,”उहाँले भन्नुभयो, “ अति आवश्यक काम हामीले सामाजिक दुरी काम गरेर सम्पन्न गरिरहेका छौ ।” लकडाउनका समयमा पनि कार्यालय खुला नगरपालिकाले लकडाउनको समयमा पनि कार्यालय खुला राखेर काम गरिरहेको छ ।

उपप्रमुख अधिकारीले २५ प्रतिशत कर्मचारी कार्यालयमा उपस्थित भएर अत्यावश्यक काम गरिरहेको बताउनुभयो । उहाँका अनुसा अहिले विभिन्न विकास निर्माणका कामकालागि वोलपत्र आवहन भइरहेको छ । यसैगरी नगरपालिकाले बन्दाबन्दीको समयमा समस्या परेका मजदुर, विद्यार्थी र कोठामा बस्ने २६ हजारलाई राहत वितरण गरेको छ ।

१५ केजी चामल, दुई केजी दाल, दुई केजी आलु, एक लिटर तेल, दुई केजी चिउरा उपलब्ध गराएको नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख नारायणप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो । यसैगरी नगरपालिकाले नगरभित्रमा सवै घरमा मास्क, सेनिटाइजर वितरण गरेको छ । नगरपालिकाले कोभिड १९ का सम्भावित विरामी हेरी ९ वटा आइसोलेसन वार्ड भिमढुंगामा र ३० वटा क्वारेन्टाइन वेड बनाएको छ ।

यसैगरी विदेशबाट आएका ७८ जनाको आरडिटीबाट परीक्षण र १४० जनालाई होम क्वारेन्टाइनमा राखेको थियो । नगरपालिकाका प्रमुख वस्नेतले आगामी बजेटमा कोभिड १९ को कारणले क्षति पुगेको कृषिलाई बजेट छुट्टाउने बताउनुभयो ।

उहाँका अनुसार तरकारी, फूलखेतीमा करिव ७ करोडको क्षति भएको छ । प्रदेशसंग समन्वय गरेर कृषि क्षेत्रमा भएका् क्षतिपूर्तिलाई सम्बोधन गर्ने गरी बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो ।


क्याटेगोरी : विशेष
ट्याग : #नागार्जुन नगरपालिका, #नारायणप्रसाद तिमिल्सेना, #मोहनकुमार बस्नेत, #सुशिला अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545