Techie IT
बुधबार, माघ २३,२०८१

कॉठका गॉउहरु लाई अझै संम्वृद बनाउन सकिन्छ


 राजु खत्री

साविक झोर गाविस का पुर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारीले व्यावसायिक कृषि खेती गर्नु भएको छ।उहॉ लाई पक्षाउदै लक्ष्मण बिडारी,राम कुमार अधिकारी लगायत दर्जनौ युवाले कृषि उधम गरेर सयौ लाई रोजगारी समेत दिएर बार्षिक लाखौ कमाउन सफल हुनुभएको छ ।प्रमोद अधिकारी, शिव ढकाल,जगन्नाथ अधिकारी हरि शरण काफ्ले लगायतका सयौ युवाहरुले व्यावसायिक कुखुरा पालन गरेर मनग्य आम्दानी गर्दै हुनुहुन्छ।

व्यावसायिक रुपमा नभई वावु बाजेको कृषि पेशा लाई थाम्दै धेरै थोरै कृषि उत्पादन तथा पशु पालन गरी आम्दानी गर्ने हरुको संख्या त गाउमा प्रसस्तै छन ।पहिले जस्तो कृषि पेशामा दुख छैन।

आधुनिक कृषि उपकरणले कृषि पेशा लाई सहज बनाई दिएको छ। पहिलेका कच्ची सडकहरु अहिले पिच भईसकेका छन भने कति पय पिच हुने अवस्थामा छन।

स साना कच्ची वाटोहरु त घर घरमा पुगेका छन।हरेक घर आँगनमा मोटर साईकल पार्किंग ग्राहकी छन भने केही घरहरु निजी कारहरु समेत छन।गॉउ राजमार्ग संग जोडिएको छ।

गॉउ लाई विच पारेर छिन छिनमै शहरै भरी पुग्ने यातायातका साधनहरु चलिरहन्छन। सडक,विजुली,टेलिफोन,खानेपानी लगायतका कुनै कुराको पनि गॉउमा अभाव छैन ।सॉचै गॉउले विकास निर्माणमा ठुलो फड्को मारी सकेको छ।

ससाना रोज़गार गर्ने देखी उच्च तह संम्म रोजगारी गर्ने ज़मातको कमी छैन ।चेतनाको स्थर ह्वातै बढेको छ।स्कुल नजाने वच्चाहरु गाँउमा छैन्न।राजनीतिक चेतना बढेको छ फोस्रा आश्वासन जनताले मान्नेवाला छैन्न।सरकारी स्कुल पहिले जस्तो छैन।

सरकारी विध्यालयमा पुर्ण भौतिक सुबिधा र प्रसस्तै दरवन्दी सहित योग्यतावान शिक्षकहरु छन।वरपर गॉउका मात्र नभएर जिल्ला जिल्ला बाट आएका बालबालिकाहरुले अध्ययनको अवसर पाएका छन।

प्राईभेट स्कुलहरुले दरो प्रतिस्पर्धा सहित गुणस्तरीय शिक्षा दिदै उत्कृठ स्थान हासिल गरिरहेका छन।घर घरमा मन्टेश्वरी खुलेर सेवा प्रदान गरिरहेका छन।

छोराछोरी लाई शहर संम्म लगेर पढाउनु प्रर्ने बाध्यता सकिएको छ। पहिले जस्तो घरमा आवाश्यक सामान नुन तेल र खाध्यनको लागी असन संम्म पुग्न पर्ने वाध्यता सकिएको छ।

गॉउमै किराना,तरकारी, फलुफुल, स्टेसनरी,लताकपडा लगायतका सबै समानहरु उपलब्ध छन।डॉक्टर किल्निक,ल्याव र औषधि पसल सहितको उपचार सेवा गाउमै छ।

शहरको ठुला अस्पताल गएर लाईन लाग्नु पर्दैन।भेटनरी र कृषि प्रविधिकहरुले घर घरमा गएर सेवा दिएका छन।डाक्टर,इन्जिनियर,वकील,अडिटर जस्ता पेशा व्यावसायि गाउघरमै प्रसस्तै छन।

सेवा लिनको लागी खोज्दै टाढा संम्म जानु पर्दैन।यो हिसाबले गाउमा संम्बृदि आईसकेको छ ।शहर जस्तै गाउ संम्वृद छ धेरै कुराहरु भएर पनि काठमांडौका काठका गाउका केही नराम्रो पक्षहरु पनि छन।

एकाथरी मानिसहरु चिया पसलमा जम्मा भएर अनावश्यक कुराहरु गर्ने,तास,पोट,क्यारिम खेल खेलेर पुरै दिनहरु विताउने,घरमा नबस्ने,बेलुकी भट्टी पसलहरुमा हो-हल्ला गर्ने जस्ता कुराले कॉठ क्षेत्रका गाँउहरुले बदनामी कमाई रहेको छन।

चिया पसलमा जम्मा हुनै नहुने भन्ने त होईन तर पनि चिया पसलमा जम्मा भएर अनावश्यक कुरा गरेर समय कटाउनु भन्दा उक्त समय उपयोगी तथा उत्पादनमुलक काममा सकियो र यस्ता कुराहरु लाई केही हद संम्म नियन्त्रण गर्न सक्यो भने शहर लाई गाउले बिर्साउछ।

अवसर र रोजगारीको खोजिमा शहर देखी विदेशी भुमी संम्म पुग्ने गाउका युवाहरु लाई गाउमा नै रोक्न सकिन्छ।युवाहरुको सिप गाउमा नै पोख्न सकिन्छ ।गाउलाई अझ धेरै सुन्दर र संम्वृद बनाउन सकिन्छ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #कॉठका गॉउ, #राजु खत्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545