Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपालमा संक्रमित सय नाघे


काठमाडौँ, २५ वैशाख ः कोरोना भाइरस (कोभिड १९)को संक्रमण आज थप दुई जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्टिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु ८ का १६ बर्षिय र २२ बर्षिय पुरुषमा संक्रमण देखिएको बताउनुभयो ।

योसंगै संक्रमितको संख्या १०१ पुगेको छ । हिजो बुधबार एकैदिन १७ जनामा संक्रमण देखिएको थियो । नेपालमा पहिलो पटक माघ ९ गते संक्रमण देखिएको थियो । अहिलेसम्म २२ जना उपचारपपछि घर फर्किसकेका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #कोरोना भाइरस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545