नेवार जातिबाहेक अन्य जातिलाई घर बेच्न र किन्न नदिने पनौती ७ नंम्बर वडा

बनेपा, २४ वैशाख । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ७ ले नेवार जातीको धार्मिक र पुरातात्विक सम्पदा जोगाउन अन्य जातीलाई घर बेच्न सिफारिस नदिने निर्णय गरेको छ ।
मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको हो । ‘यस वडा समितिको मिति २०७७ वैशाख २३ गते बसेको बैठकबाट नेवार जातिबाहेक अन्य जातिलाई घर बेच विखन गर्नका लागि सिफारिस लिन आएमा घर धनीहरूलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नम्बर वडाबासीलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ’, वडा अधयक्ष रामचन्द्र नास्नानीले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।
७ नम्बर वडाको पुरानो बजार स्मारक क्षेत्रमा नेवारी समुदायको बाक्लो बसोबास छ। वडा कार्यालयले नेवारी जातीको बाहुल्यता भएकाले धर्म संस्कृति र पुरातात्विक सम्पदा जोगाउन यस्तो निर्णय गरेको दाबी गरेको छ ।
यसअघि वडामा जग्गा तथा घर धनीहरुले नेवार जातिबाहेक अन्य जात जातीलाई बेच विखन गर्नका लागि घर बाटोको मूल्यांकन सिफारिस नदिएको भन्दै गुनासो गरेका थिए ।
त्यही गुनासो आएपछि मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको वडा अध्यक्ष नास्नानीले सूचनामा उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पनौती नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्