Techie IT
बुधबार, माघ २३,२०८१

के होला वालुवाटार बैठकमा


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेबाट सुरु भएको छ ।

अध्यादेश प्रकरणले पार्टीमा गम्भीर परिस्थिति उत्पन्न भएको अवस्थामा बसेको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।
बैठकमा एक व्यक्ति एक पदको अवधारण लागु गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक छाड्न भनिने रहेको स्रोतले बताएको छ ।

अघिल्लो सोेमबार सरकारले पार्टी विभाजन र संवैधानिक परिषदसम्बन्धी संशोधन अध्यादेश ल्याएपछि तरङ्गित बनेको नेकपा सोही कारण झण्डै फुटको संघारमा पुगेका बेला छलफल गर्न बोलाइएको सचिवालय बैठकलाई नेकपाका नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् ।

अध्यादेशपछि १० दिन नेताहरुको दौडधुप, कोठे बैठक र विभिन्न कसरतपछि सचिवालय बैठक बोलाइएको हो ।

हिजो प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच सहमति भएपछि आज बैठक वोलाइएको छ । बैठकले पार्टीको स्थायी कमिटी बैठक वोलाउने वा संसदीय दलको बैठक वोलाउने सम्भावना रहेको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
6:46 am5:48 pm +0545