Techie IT
बुधबार, वैशाख १०,२०८२

नेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णय


ओस्लो, नर्वे – नेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन श्री जितेन्द्र बिक्रम शाहीको सभापतित्वमा नेपाली काङ्ग्रेसको केन्द्रीय प्रतिनिधि पुर्ब  नेपाली काङ्ग्रेस केन्द्रिय आमन्त्रित सदस्य श्री बालकृष्ण पाण्डेको  प्रमुख अतिथि कार्यक्रममा निर्वाचन अधिकृत श्री नवीन थपलिया लाई नेपाली काङ्ग्रेसले जिम्मेवारी दिएको थियो। कार्यक्रमको संचालन श्री पारस  मणि मिश्राले गर्नु भएको थियो। प्रमुख अतिथि पाण्डेयले विश्वभरी छरिएका नेपालीहरुको सीप पुंजि क्षमता उनिहरुको नेटवर्क लाई सदुपयोग गरि समृद्ध नेपाल, उद्योगधन्दा  खोली हामी बिश्वभरिका नेपाली आपसमा मेलमिलाप गरि नेपाललाई समृद्धि बनाउँदै रोजगारी सृजना गर्ने विश्वभरिका नेपालीहरुले आफ्नो आफ्नो देश बाट धेरै भन्दा धेरै पर्यटनलाई नेपाल ल्याउन पहल गर्ने जस्ता कार्य गर्ने अनुरोध गर्नु भयो।  उहाँले नर्वेमा सम्पन्न अधिवेशनलाई अनुशासित, व्यवस्थित र शान्तिपूर्ण भएकोमा प्रशंसा गर्दै, प्रवासी नेपालीहरूको प्रतिनिधित्व सशक्त रूपमा हुँदै गएको उल्लेख गर्नुभयो  र नयाँ निर्बचित कार्यसमिति लाई बधाई दिनु भएको थियो।

Organization nr: 924419172 नेपाली जनसम्पर्क समिती, नर्वे विशिष्ट अतिथि तथा निर्वाचन अधिकृतको रूपमा सहभागी हुनुभएका स्विडेन समितिका सभापति श्री नविन थपलियाले निष्पक्ष, समावेशी र पारदर्शी निर्वाचन प्रक्रियाको सफलतामा सबैलाई बधाई दिनुभयो।  कार्यक्रम अत्यन्तै सफल, शान्तिपूर्ण र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पारस मणि मिश्रलाई नयाँ अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको छ।  ५ औ अधिबेशन सफल, शान्तिपूर्ण र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पारस मणि मिश्रलाई नयाँ अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्ष पदमा श्री मिश्रले २८३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी श्री सालिग्राम अर्यालले १८६ मत प्राप्त गर्नुभयो। कुल ४४४ भौतिक र ३५ अनलाइन मत खसेकोमा १० मत बदर भएका थिए।  त्यस्तै, उपाध्यक्ष पदमा श्री गणेश थापा (२६५ मत), श्री चक्र बिक्रम शाही (२६२ मत), श्री रमेश आघिमिरे (२२७ मत), र श्री गिरीराज अधिकारी (२२० मत) निर्वाचित हुनुभएको छ। अन्य प्रतिस्पर्धीहरूमा श्री इन्द्र कुमार थापा (२१०), श्री सुनिल ढुंगाना (१९५), र श्री रोशन अधिकारी (१७०) मत प्राप्त गर्नुभएको थियो। उपाध्यक्षतर्फ ११ मत बदर भएका थिए।  निर्विरोध निर्वाचित पदाधिकारीहरू  वरिष्ठ उपाध्यक्ष: पूर्ण बहादुर शाही  महामन्त्री: सुरेश कुमार यादव, रमेश सुवेदी  सह-महामन्त्री: नरेश बास्कोटा, विनोद श्रेष्ठ, कृष्ण बहादुर खत्री  कोषाध्यक्ष: निर्मला परियार  सदस्यहरू: नवराज श्रेष्ठ, रमेश तिम्सिना, सुनिल बास्तोला, राघव चन्द्र अधिकारी, विष्णु पौडेल, नविन सापकोटा, घनश्याम तिवारी  प्रवक्ता: जगन्नाथ पाण्डे  बन्द सत्रका निर्णयहरू  बन्द सत्रमा विधानको संशोधनमा छलफल हुनुका साथै नर्वेमा नेपाली बासीहरूको बढ्दो उपस्थिति र आवश्यकतालाई सम्बोधन गर्दै नर्वेमा नेपाली राजदूतावास स्थापनाको पहल गर्न जनसम्पर्क समितिले नेतृत्व लिनुपर्ने सुझाव पारित गरिएको छ।

साथै, १५औं केन्द्रीय महाधिवेशनका लागि महासमिति सदस्य र प्रतिनिधिहरूको चयन गरिएको छ:  महासमिति सदस्य: पारस मणि मिश्र, जितेन्द्र बिक्रम शाही, कविन्द्र ढकाल  महाधिवेशन प्रतिनिधि: सुरेश कुमार यादव, जीवन बहादुर शाही, सुरेन्द्र के.सी., आविष्कार बास्तोला  निर्वाचनको पहिलो अनुभव  यो अधिवेशन विशेष थियो किनभने धेरै सहभागी मतदाताहरूका लागि यो लोकतान्त्रिक निर्वाचनमा पहिलो सहभागिता थियो। निर्वाचित हुने अधिकार, मताधिकार प्रयोग, र लोकतान्त्रिक अभ्यासमा प्रत्यक्ष सहभागिताबाट उनीहरूले नयाँ अनुभव प्राप्त गरेका थिए।   प्रमुख तथा विशिष्ट अतिथिको विश्लेषणात्मक सम्बोधन  अधिवेशनको प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति भारतका सभापति श्री बालकृष्ण पाण्डेले ‘नमूना’ अधिवेशनको रूपमा प्रस्तुत गरे।

प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति भारतका सभापति श्री बालकृष्ण पाण्डेले नर्वेमा सम्पन्न अधिवेशनलाई अत्यन्तै भव्य, सभ्य र व्यवस्थित भएको बताउँदै विश्वभरि रहेका जनसम्पर्क समितिहरूको लागि  “विश्वभरकै जनसम्पर्क समितिहरूमाझ नमूना अधिवेशन”को रूपमा प्रशंसा गर्दै, नर्वेमा प्रवासी नेपालीहरूबीच रहेको मेलमिलाप, भाईचारा, र पारिवारिक सम्बन्ध अन्य मुलुकहरूभन्दा फरक र अनुकरणीय रहेको बताउनुभयो।

उहाँले नर्वेमा नेपाली जनसम्पर्क समितिले गरेका सकारात्मक कार्यहरू र संस्थागत सुदृढीकरणप्रति सराहना गर्दै लोकतान्त्रिक अभ्यास र सहभागिताको दृष्टिले यो अधिवेशनले उच्च मापदण्ड स्थापित गरेको उल्लेख गर्नुभयो।  उहाँले नर्वेमा नेपालीहरूको बढ्दो बसोबास र आवश्यकतालाई दृष्टिगत गर्दै यहाँ नेपाली राजदूतावासको स्थापना अपरिहार्य भएको उल्लेख गर्नुभयो। साथै, उक्त विषयमा केन्द्रसँग समन्वय गरी पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा सहभागी श्री नविन थपलिया, जो जनसम्पर्क समिति स्विडेनका सभापति तथा अधिवेशनका निर्वाचन अधिकृत पनि हुनुहुन्थ्यो, उहाँले निर्वाचन प्रक्रियाको पारदर्शिता, सहभागिता र निष्पक्षतापूर्ण व्यवस्थापनप्रति गहिरो प्रशंसा प्रकट गर्नुभयो।  उहाँले नर्वेमा जनसम्पर्क समितिको संगठनात्मक एकता, समावेशिता र कार्यशैलीले सम्पूर्ण प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्ने अद्वितीय उदाहरण प्रस्तुत गरेको विचार राख्नुभयो।  सभापतिको समापन सम्बोधन  खुला सत्रको अन्त्यमा सभापति श्री जितेन्द्र बिक्रम शाहीले आफ्नो कार्यकालको समीक्षा गर्दै, आफूले गरेका जनसम्पर्क क्रियाकलाप, नेतृत्वमा भएका उपलब्धिहरू, र संस्थामा पुर्‍याएको योगदानबारे उल्लेख गर्नुभयो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:29 am6:34 pm +0545