Techie IT
बुधबार, वैशाख १०,२०८२

ओलीलाई एक दिन पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन : माओवादी


काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नभएको जिकिर गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्ण असफल भइरहेको बताए ।

उनले भने, ‘यो सरकार असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । यो गठबन्धन अप्राकृतिक, अपार्दशी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’

 

कांग्रेस-एमाले सरकारले प्रचण्ड नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानलाई राकेर सुशासन कामय गर्न लागेका अधिकारीलाई छानीछानी दण्डित गरिरहेको उनको आरोप छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओलीलाई एक दिन पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन : माओवादी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:29 am6:34 pm +0545