Techie IT
बुधबार, वैशाख १०,२०८२

कुटपिटमा परेका धरानका माओवादी नेताले हर्क साम्पाङसहित ३ जनाविरुद्ध दिए किटानी जाहेरी


विराटनगर । सडक र ड्रेन बनाउने विवाद मिलाउन धरान ११ पुगेका नगर प्रमुख हर्क साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा कुटिएका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका छन् ।

नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागो कै अगाडि सोमबार कुटिएका लिम्बुले मेयर साम्पाङसहित ३ जनाविरुद्ध उजुरी दिएका हुन् ।

धरान–११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष समेत रहेका लिम्बुले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान ११ का चङ्खे भन्ने जोन लिम्बू विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।

 

नगरकोट-बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । बजेट कम भएपछि मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो । विवाद मिलाउन नगर प्रमुख साम्पाङ सोमबार आउने भनेका थिए ।

उनी सोमबार नआइ मंगलबार निर्माणस्थल पुगेका थिए । उनले विवाद मिलाउनुको साटो उल्टै विवाद निकालेको सन्तोषले बताउँदै आएका छन् । उनले भने ‘मेयरकै अघि उनका समर्थकले म माथि हातपात प्रयास गरे त्यसैले कानुनी उपचार खोज्दै छु ।’

प्रमुख हर्क साम्पाङ र सन्तोष लिम्बूबीच सोमबार भनाभन भएको थियो । त्यस बेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए ।

चर्काचर्की परिरहेका बेला साम्पाङले झोक्किएर तपाईँले के गर्नुहुन्छ ? भनेका थिए । लिम्बुले भने ‘लगत्तै साम्पाङका समर्थक चङ्खे भन्ने जोन लिम्बू म माथि आइलाग्यो ।’ जोन लिम्बू आफूमाथि आइलागेमनि उनलाई आफूले केही नगरेको तर नगर प्रमुखले उनका समर्थक आफू माथि आई लाग्दा पनि नरोकेको लिम्बुले बताए ।लिम्बु माओवादी कार्यकर्ता हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुटपिटमा परेका धरानका माओवादी नेताले हर्क साम्पाङसहित ३ जनाविरुद्ध दिए किटानी जाहेरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:29 am6:34 pm +0545