Techie IT
बुधबार, वैशाख १०,२०८२

डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु


डोटी, १० वैशाख । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो ।

मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
31°
Fair
5:29 am6:34 pm +0545