प्रशोधित खाने तेलले बढायो निर्यात

काठमाडौँ, वैशाख ८ गते । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा निर्यात ६५ प्रतिशतले बढेर झन्डै दुई खर्बनजिक पुगेको छ । प्रशोधित खाने तेलले निर्यात बढाएको हो ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि चैत मसान्तसम्म निर्यात ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख पुगेको छ । गत वर्ष सो अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँको निर्यात भएको थियो । निर्यातमा सबैभन्दा धेरै हिस्सा प्रशोधित खाने तेलको रहेको छ । कुल निर्यातमा खाने तेलको हिस्सा ३८ प्रतिशत छ । विभागका अनुसार नौ महिनामा ७४ अर्ब २८ करोड रुपियाँ बराबरको भटमास, सनफ्लावर र पाम तेल निर्यात भएको छ ।
त्यस्तै १७ अर्ब ४६ करोड रुपियाँको धागो, ११ अर्ब ९५ करोड रुपियाँको फलाम तथा फलामजन्य वस्तु, १० अर्ब ७४ करोड रुपियाँ बराबरको चिया कफी तथा अन्य मसलाजन्य वस्तु निर्यात भएका छन् । यस्तै नौ अर्ब ३० करोड रुपियाँको गलैँचा, छ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपियाँको अलैँची निर्यात भएको छ । अन्य देशबाट आयात गर्दा शुल्क लाग्ने र नेपालबाट भारतमा भन्सार छुटमा निर्यात हुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो । व्यापार विज्ञ रविशङ्कर सैजुले साउथ एसिन ट्रेड एग्रिमेन्ट (साफ्टा) को सुविधा प्रयोग गरेर खाने तेलको निर्यात बढ्दा कुल निर्यातमा वृद्धि भएको जानकारी दिनुभयो ।
साफ्टाको सुविधा प्रयोग गरेर नेपालबाट तेल निर्यात गर्दा शुल्क नलाग्ने हुँदा निर्यातमा उलेख्य वृद्धि भएको उहाँको भनाइ छ । “अहिले व्यवसायीले खुला तेल नै ल्याएर प्याकेजिङ गरेर निर्यात गर्ने हुँदा व्यवसायीलाई मात्र नाफा हुने गरेको छ,” उहाँले भन्नुभयो, “दाना ल्याएर प्रशोधन गरेर पठाउँदा दीर्घकालीन रूपमा निर्यात हुनका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना हुन्छ ।”
तेह्र खर्बको आयात
यस्तै नौ महिनाको अवधिमा आयात १२.१८ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा आयात ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपियाँ रहेको थियो । आयातको अनुपातमा निर्यात न्यून हुँदा व्यापारघाटा ६.४५ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रहेको थियो । कुल वैदेशिक व्यापार १६.८९ प्रतिशितले बढेर १४ खर्ब ९७ अर्ब ७७ करोड २७ लाख रुपियाँ पुगेको छ ।
नौ महिनामा मुलुकमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । जस अनुसार ९१ अर्ब २६ करोड रुपियाँ १० लाख १३ हजार ३७५ किलोलिटर डिजेल, ४७ अर्ब ७७ करोड रुपियाँको पाँच लाख ४७ हजार ५७४ किलोलिटर पेट्रोल, खाना पकाउने एलपी ग्यास ४६ अर्ब ५८ करोड रुपियाँको चार लाख १० हजार ५९३ मेट्रिक टन आयात भएको छ ।
यस्तै १४ अर्ब ६४ करोड १४ लाख रुपियाँ बराबरको एक लाख ६० हजार २१३ किलोलिटर हवाई इन्धन आयात भएको छ । २५ अर्ब रुपियाँको स्मार्ट फोन आयात भएको छ । २२ अर्ब ६४ करोड ६१ लाख रुपियाँको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको छ ।
यस्तै ६६ अर्ब ५६ करोड ५५ लाख रुपियाँको भटभासको कच्चा पदार्थ आयात भएको छ । १६ अर्ब तीन करोड रुपियाँको सुन आयात भएको पनि तथ्याङ्कले देखाएको छ ।
नौ महिनामा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट सात खर्ब ८५ अर्ब ७४ करोड ५० लाख रुपियाँको आयात हुँदा नेपालबाट एक खर्ब ४९ अर्ब ९८ करोड १२ लाख रुपियाँको निर्यात भएको छ । आयात ठुलो परिमाणमा भए पनि निर्यात न्यून हुँदा भारतसँग व्यापारघाटा छ खर्ब ३५ अर्ब ७६ करोड ३७ लाख रुपियाँ रहेको छ ।
चीनबाट दुई खर्ब ४७ अर्ब ९० करोड ८० लाख रुपियाँको आयात हुँदा दुई अर्ब २५ करोड ५६ लाख रुपियाँको निर्यात भएको छ । चीनसँग दुई खर्ब ४५ अर्ब ६५ करोड २३ लाख रुपियाँ व्यापार घाटा रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रशोधित खाने तेलले बढायो निर्यात
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्