Techie IT
बुधबार, वैशाख १०,२०८२

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, ८ वैशाख । नेपाली बजारमा आज सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यसअघि हिजो आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #आज कतिमा हुँदैछ कारोबार ?, #सुनको मूल्यमा नयाँ रेकर्ड कायम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:29 am6:34 pm +0545