Techie IT
सोमबार, वैशाख ८,२०८२

रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन, बिचरा तपाईँलाई के थाहा


विराटनगर । धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई मान्छे मार्न नभई देश निर्माणमा कसरी जोड्न सकिन्छ भनेर सिक्न आउन आव्हान गरेका छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ढुङ्गा हान्न र भएको संरचना भत्काउन नभई आफूले देश बनाउन प्रयोग गरेको समेत दाबी गरेका छन् ।

भरतपुरका मेयर दाहाललाई देश निर्माण गर्ने भिजन के हो त्यो पनि सिकाउने बताएका छन् । उनले लेखेका छन्, ‘स्वदेशी उत्पादनमा जोड दिनु पर्छ । यो हो भिजन । बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी ?’

उनले मेयर दाहालको पाटीलाई सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसकेको भन्दै बिचराको संज्ञा दिएका छन् ।

केही दिन अघि मेयर दाहालले हर्क साम्पाङले ठुला योजना गर्नु पर्थ्यो भन्ने अभिव्यक्ति दिएको भन्दै साम्पाङ आक्रोशित भएका छन् ।

उनले दाहालका बुवा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोडेर समेत मेयर रेणुलाई गाली गरेका छन् ।

उनले लेखेका छन्, ‘रेणुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्टाइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रहेन छ त ?’

उनले धरानमा एयरपोर्ट बन्न नसकेको दोष समेत प्रचण्डलाई थोपारेका छन् । उनले लेखेका छन्, ‘एयरपोर्ट मागेको तपाईँकै पार्टीको सुदन किराँती मन्त्री थिए र तपाईँकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदै छ किन चाहियो धरानमा भने ।’

उनले अहिलेका पाटी ठिक नभएको र विभेद गरेको आरोप लगाए । उनले लेखेका छन्, ‘अहिलेका पार्टी ठिक छैनन् । विभेद मात्रै विभेद गर्छ ? ।’

उनले दाहाललाई प्रचण्ड प्रधानमन्त्री हुँदा भरतपुरमा मात्रै बजेट हालिदिएको आरोप लगाए । उनले लेखेका छन्, ‘तपाईँको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईँकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बिचरा तपाईँलाई के थाहा, #रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545