Techie IT
आईतबार, वैशाख ७,२०८२

राप्रपाको प्रदर्शन विजुलीबजारमा केन्द्रीत, सांसदहरु सिंहदरबारमा


काठमाडौं, ७ बैशाख । काठमाडौँका निषेधित क्षेत्र केन्द्रीत प्रदर्शन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजुली बजार केन्द्रीत भएको छ ।

प्रदर्शन बिजुलीबजार–बानेश्वर क्षेत्र केन्द्रीत भएको हो । निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन उत्रिएको राप्रपाले रणनीति परिवर्तन गरेको हो ।

ठूलो प्रदर्शन नगरी विभिन्न ठाउँमा तोकिएको निषेधित क्षेत्र तोड्ने रणनीतिमा राप्रपा रहेपनि हाल विजुलीबजार केन्द्रीत भएको छ । तर राप्रपाका सांसदहरु भने सिंहदरबारभित्रै प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

यता ट्राफिक प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भएपछि सवारी डाइभर्सन गरेको छ । माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्ण पाउरोटी लगायतका स्थानबाट डाइभर्सन गरिएको हो ।

गत चैत १५ गतेको हिंसात्मक घटनामा संलग्न भइ पक्राउ परेका नेताहरुको रिहाइका लागि राप्रपाले आजको प्रदर्शन आयोजना गरेको बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राप्रपाको प्रदर्शन विजुलीबजारमा केन्द्रीत, #सांसदहरु सिंहदरबारमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545