Techie IT
आईतबार, वैशाख ७,२०८२

शिक्षक आन्दोलनको समय छोटियो


काठमाडौँ, वैशाख ७ गते । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । शिक्षकहरूले शनिवारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म आन्दोलन गर्दै आए पनि आज (आइतबार)बाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् ।

करिब १५ दिनदेखि शिक्षकहरू काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष शिक्षकहरूले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान छ । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने र यसमा पनि शिक्षकहरू समावेश नहुने जानकारी दिनुभयो ।

राज्यले आफूहरूका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको उहाँको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शिक्षक आन्दोलनको समय छोटियो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545