Techie IT
शनिबार, वैशाख ६,२०८२

टोखा नगरपालिकामा वैशाख ४ गते बिस्काः जात्राका कारण सार्वजनिक बिदा


काठमाडौं । टोखा नगरपालिकामा प्रत्येक वर्षझैं मनाइने ऐतिहासिक, पौराणिक तथा सांस्कृतिक महत्वको बिस्काः जात्राको अवसरमा वैशाख ४ गते बिहिबार सार्वजनिक बिदा दिइने भएको छ।

टोखा नगर कार्यपालिकाको २०८१ साल चैत १७ गते बसेको बैठकको निर्णयअनुसार बिस्काः जात्राका अवसरमा २०८२ साल वैशाख ४ गते बिहिबार नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरू, वडा कार्यालयहरू, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू (अत्यावश्यक सेवा बाहेक) तथा शैक्षिक संस्थाहरू बन्द रहने छन ।

नगरप्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सूचना जारी गर्दै सो दिन कार्यालय बन्द हुने र यसले पर्ने असुविधाप्रति क्षमा याचना गरेका छन्।

टोखा बिस्काः जात्रा स्थानीय सांस्कृतिक एवं धार्मिक परम्पराको संरक्षण तथा उत्सवका रूपमा मनाइँदै आएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकामा वैशाख ४ गते बिस्काः जात्राका कारण सार्वजनिक बिदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545