Techie IT
शनिबार, वैशाख ६,२०८२

नुवाकोटको टोखा-छहरे सडकखण्डमा विद्युतीय गाडी दुर्घटना


नुवाकोट, वैशाख ३ । नुवाकोट जिल्लाको टोखा–छहरे सडकखण्ड अन्तर्गत गुरुङ गाउँ नजिकै एक विद्युतीय गाडी दुर्घटना भएको छ।

 

काठमाडौंबाट त्रिशुलीतर्फ गइरहेको बागमती प्रदेशको ००१ ज ९३९ नम्बरको विद्युतीय सवारीसाधन बुधबार दिउँसो करिब ४ बजे दुर्घटनामा परेको हो। चालकका अनुसार गाडीको ब्रेक फेल भएपछि सवारी अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नुवाकोटको टोखा-छहरे सडकखण्डमा विद्युतीय गाडी दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545