Techie IT
शनिबार, वैशाख ६,२०८२

अब टियूको ट्रान्सक्रिप्ट निकाल्न बल्खु धाउन नपर्ने, अनलाइनबाटै यसरी आवेदन दिन सकिन्छ


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अब अनलाइनबाट नै आवेदन दिन सकिने भएको छ ।

आज बिहान ११ बजेबाट सेवा सुचारु हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । उनले अन्य सेवाहरू पनि क्रमशः लागू गर्दै जाने बताए ।

आगामी जेठ १५ गतेबाट त्रिविपनिका बल्खुबाट दिइने सम्पूर्ण सेवाहरू अनलाइनबाट नै सञ्चालन हुने उनले बताए ।

अनलाइनमा फारम भर्न student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भरेर तोकिएको शुल्क तिरी submit गर्नुपर्ने उनले बताए ।

यसका लागि रजिष्ट्रेशन कार्डमा उल्लेख भएअनुसार मार्कसीटहरुमा एकरुपता भए सोही अनुसार गर्ने नभए करेक्सन अप्सनमा गएर सच्याएर गर्न सकिने बताइएको छ ।

अनलाइन वितरण गरिएका मार्कसीटबाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेँलो सक्कल मार्कसीटमा फरक पर्न गएर एप्लिकेशन आइडीको स्लिप र सो मार्कसीट तोकिएको गोप्य शाखामा बुझाउनुपर्ने बताइएको छ ।

यी सबै प्रक्रिया पूरा गरेपछि प्राप्त निर्देशन अनुसार ट्रान्सक्रिप्ट संकलन गर्न पनिकाले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अनलाइनबाटै यसरी आवेदन दिन सकिन्छ, #अब टियूको ट्रान्सक्रिप्ट निकाल्न बल्खु धाउन नपर्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545