Techie IT
बुधबार, वैशाख ३,२०८२

टोखा ६ मा वेवारिसे गाडी : हटाउन नगरपालिकाको आग्रह


टोखा, काठमाडौ । टोखा नगरपालिका वडा नं ६ वडा कार्यालय मार्ग नजिक केही महिनादेखि एक वेवारिसे अवस्थामा पार्क गरिएको गाडी फेला परेको छ ।

बागमती प्रदेशको B AE १९५७ नम्बरको उक्त सवारीसाधन अनाधिकृत रूपमा बाटोमा लामो समयदेखि पार्किङ गरिएको पाइएपछि नगरपालिकाले सम्बन्धित व्यक्तिलाई गाडी हटाउन अनुरोध गरेको छ ।

टोखा नगरपालिकाले सूचना जारी गर्दै उक्त सवारीसाधन हटाईदिनुहुन र सम्बन्धित व्यक्तिले नगरपालिकामा सम्पर्क राख्न पनि अनुरोध गरेको छ । लामो समयसम्म सार्वजनिक मार्गमा वेवारिसे रूपमा गाडी पार्किङ गर्दा ट्राफिक अवरोध हुनुका साथै सर्वसाधारणलाई असुविधा भइरहेको छ ।

नगरपालिकाले अनधिकृत पार्किङले असर पुर्‍याउने भन्दै गाडीको जिम्मेवार व्यक्तिलाई यथासिघ्र सम्पर्क गर्न भनेको छ । सम्पर्क नभएमा प्रक्रिया अघि बढाइने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा ६ मा वेवारिसे गाडी : हटाउन नगरपालिकाको आग्रह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Haze
5:36 am6:30 pm +0545