गौतम होटल लालगढमा ‘नयाँ वर्ष साँझ २०८२’ भव्य रूपमा मनाउने तयारी

जीवनराज दाहाल
बर्दिवास, महोत्तरी : २९ चैत्र ।
धनुषाको लालगढस्थित गौतम होटल बर्दिवास प्रा.लि.ले नयाँ वर्ष २०८२ को अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । ‘न्यू इयर इभेन्ट २०८२’ नाम दिइएको कार्यक्रम २०८१ सालको चैत ३१ गते आइतबार साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने छ ।
कार्यक्रममा चर्चित गायक, गायिका तथा नृत्य कलाकारहरू सहभागी हुने छन् । सोनु निरौलाले कार्यक्रमको सञ्चालन गर्नेछिन् भने चर्चित गायिका बिन्दु परियारले गायन प्रस्तुति दिनेछिन् । त्यस्तै कृष्ण क्षेत्रीले स्ट्रीट परफर्मेन्स, रमेश मेलोडी तथा देवेन्द्र कार्कीले सांगीतिक प्रस्तुति दिने छन् ।
नृत्यको प्रस्तुति चर्चित नृत्याङ्गना हसीना र रचनाद्वारा हुनेछ । कार्यक्रममा विशेष आकर्षणका रूपमा लाइभ म्युजिक, नृत्य र रमाइलो सांगीतिक माहोल रहनेछ ।
कार्यक्रम टुबोर्ग बियरको प्रायोजनमा आयोजित हुँदैछ ।
लालगढको गौतम होटलमा पनि नगरका अन्य साधारण होटलहरूजस्तै सस्तो मूल्यमा विभिन्न परिकार उपलब्ध छन् । कार्यक्रमको अवसरमा दर्शक-श्रोताले डिस्काउन्ट सहितका स्वादिला परिकारको स्वाद लिनुका साथै नि:शुल्क मनोरञ्जन समेत प्राप्त गर्नेछन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्