Techie IT
बुधबार, वैशाख ३,२०८२

चारदेशीय टी-२०आई सिरिज : नेपालको विजयी सुरुवात, कतारमाथि ८ विकेटको जित


काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।

 

आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको थियो ।

 

नेपालले १८ बल बाँकी रहँदै १५४ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले १९ बलमा ३८, आसिफ शेखले २१ बलमा ३३, कप्तान रोहित पौडेलले २९ बलमा ३७ र बसिर अहमदले ३३ बलमा ३० रन बनाए ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #कतारमाथि ८ विकेटको जित, #चारदेशीय टी-२०आई सिरिज : नेपालको विजयी सुरुवात


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Haze
5:36 am6:30 pm +0545