Techie IT
बुधबार, चैत्र २६,२०८१

नेपाली सेनाको टोली म्यानमार प्रस्थान


काठमाडौं, २० चैत । नेपाली सेनाको टोली भूकम्पग्रस्त म्यानमार प्रस्थान गरेको छ ।

मेडिकल सामग्रीसहित टोली आज म्यानमार प्रस्थान गरेको हो । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कूल २२ सदस्यीय टोली नेपाली सेनाको सीएन-२३५ सीएएसए विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार पठाउने निर्णय गरेको थियो । टोली एक सातासम्म म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली सेनाको टोली म्यानमार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
22°
Light Rain with Thunder
5:43 am6:26 pm +0545