एक साताभित्र कर्मचारीले तलब नपाए कडा आन्दोलन गर्ने स्थानीय तह कर्मचारी संघको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिका ३ महिनादेखि प्रशासनिक नेतृत्वविहीन हुँदा कर्मचारीले तलब नपाएको, विकासे काम ठप्प भएकोप्रति स्थानीय तह कर्मचारी संघले आपत्ति जनाएको छ ।
केन्द्रीय अध्यक्ष नारायणप्रसाद शर्माले एक विज्ञप्ति निकाल्दै तलब अभावमा झण्डै ४ हजार पेशाकर्मीको दैनिकी समस्या पर्दा पनि महानगर नेतृत्व जिम्मेवार र गम्भीर नभएको टिप्पणी गरिएको छ ।
मेयर बालेनको गतिविधि लक्षित गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासको लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सृजना गर्न उद्दत देखिनुले समस्या हल गर्नतर्फ हैन, आ-आफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ ।’
स्थानीय तहको प्रशासनिक र राजनीतिक नेतृत्व एकै सिक्काका दुई पाटा भएको स्मरण गराउँदै संघले एक-अर्का बीच विश्वास एवं सहयोग भएमात्र सेवा प्रवाहमा गतिशीलता तथा प्रभावकारिता हासिल गर्न सकिने जनाएको छ ।
महानगरमा विधि र प्रक्रियाबाट नभई व्यक्तिको मौखिक आदेश, निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा समस्या आएको ठहरसहित संघले भनेको छ, ‘अनधिकृत व्यक्तिहरूबाट कर्मचारीहरूलाई त्रास एवं भयको वातावरण सृजना गरी कानूनसम्मत ढंगले कार्य गर्न पाउने अधिकारलाई कुण्ठित गराई जबर्जस्त आदेश लाद्ने पद्दतिले काठमाडौं महानगरपालिकामा दिनानुदिन झनै जरा गाड्दै गएको छ ।’
पारिश्रमिकविहीनताको कर्मचारीको समस्या एक हप्ताभित्र समाधान नगरे कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसहित संघले र उक्त परिस्थितिबाट सृजित परिणामको जिम्मेवार महानगरको नेतृत्व हुनुपर्ने चेतावनी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक साताभित्र कर्मचारीले तलब नपाए कडा आन्दोलन गर्ने स्थानीय तह कर्मचारी संघको चेतावनी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्